उ नजिकै आई अनि मुसुक्क मुस्कुराउदै भनी“सेतो टिसर्ट तिमिलाई निकै सुवाएको छ ।“मैले पनि मुस्कुराउदै भने “हो र थ्याक्यु“ ।मैले थ्याक्यु भनेपछी खै किन हो उसले निधारका रेखाहरु कुमुच्चाई,मुख बिगारी अनि आँखा तर्दै भनी“मात्र थ्याक्यु“ ।“
नत्र के गर्नु पर्ने थियो मैले“? उज्यालो मुहार बनाउदै भनी “चंदा,तिम्रा निम्ति अर्को ताजमहल बनाईदिन्छु“भन्छौ भने नडराउ म नाई भन्दिन,तिम्रो बोली खेर जानदिन्न ।म ट्वावावा….. परेर हेरेको हेरेई भए ।सितिमिती बोली फुटन सकेन मेरो ।उ चाहिँ चिचाई चिचाई हासिरहेकी थिई“मोरि घरी मतिर औला सोजाएर हास्थी,घरी आफै नाच्दै हास्थी“ ।म केबल दर्शक बनी रमिता हेरिरहेको थिए ।त्योपनी आफ्नै । शान्त माहोलमा अशान्ती चरी झै लागिरहेकी थिई उ मलाई ।मुखैमा गएर भने“भन्छेउ भने यो तिम्रो सिउदो भरिदिन सक्छु“ । “भन्छेउ भने यी सुकेका तिम्रा गुलाबी ओटलाई भिजाई दिनसक्छु“ ।
उ नतमस्तक भै ।चलिरहेको रेल रोखिए झै ।उ चुपचाप मेरा आखाँमा हेरिरहेकी थिइ ।म पनि उसका आखामा हिरिरएको थिए ।अगिसम्म दुई ब्यक्तिका फरक फरक भाषा यतिखेर एउटै भएको थियो ।म उसको आखाँको गहिराईमा डुबेर भन्दै थिए“तिमी एकपटक मागीमात्र हेरन,भनिमात्र हेरन ।
तिम्रा निम्ति गर्न नसक्ने च्यालेन्ज सायदै नहोला“ ।तिमी माग्न सक्छेउ “आकाशको जुन“ ।म ल्याएर दिनसक्छु यसमा कुनै आपत्ती छैन तर सवाल यहाँनेर उठ्छ“जुनलाई मैले तिम्रो निम्ति भनी ल्याए भने,सोलार सिस्टमको हालत के होला?जुनलाई टपक्क टिफ्न सफल भएपनी म,बेतोडले दौडेर तिमिलाई दिन नपाउदै पृथ्वी अरु ग्रहसङ्गँ ठोकियो भने के हुन्छ? न म न तिमी न जुन न त संसारनै ।“
अर्को माग्न सक्छेउ “सागरको मोति“ ।कोई वाद छैन म दिन्छु तिमिलाई तर फेरि सवाल यहाँनेर उठछ“यसपाली म मोति ल्याउन सफल भएपनि,तिमी खुशी भएर मलाई अंकमाल गर्न भ्याएपनि,रिसाएको सागर आफ्नो मोति खोज्न संसारभरी डुल्यो भने के हुन्छ?न म न तिमी न मोति न त संसारनै“ । त्यसैले तिमिले चाहेका माग पूरा गर्न नसक्ने होईन तृप्ति ।सबै पूरा गर्न सक्छु ।सक्छु ज्यान दिनपनि तर आफू सङ्गै तिमी र संसारलाई सिधाएर होईन ।
मात्र तिम्रो र मेरो खुसीको लागि संसारलाई अस्तित्व हिन पार्न म सक्दैन ।त्यो मेरो नैतिकताले मान्दैन ।म चाहन्छु तिमी र संसारलाई कहिले पनि दुख झेल्न र मृत्यु वरण गर्न नपरोस ।सदा खुसी,सदा अ्मर भएको हेर्न चाहन्छु ।त्यो तिम्रो द्दद्दछ ग्रामको मुटुमा घण्ण् ग्रामको यो मेरो मुटुलाई अटाउन सकेकोमा म निकै आभारी छु ।सलाम छ तिमिलाई म प्रती यत्रोबिधी मायाको लागि ।स्वच्छ र निर्मल छ तिम्रो मन र तिम्रो मनदेखिको माया ।उत्तिकै ठूलो छ तिम्रो बिचार ।
लाग्छ कहिलेकाही तिमी सुक्रारात,पेलेटो पो हौकी जस्तो ।नर्सिङ्ग पढेर पनि कतिधेरै,कति मिठा अनि वास्तविक कुराहरु जानेकी । सायद फोलोरेन्स नाईटिङ्गेलको आत्मा तिमिमा जिवित छ । मैले तिम्रो रुपरङ्ग,चालढाल यी त्यादी कुराहरु हेरबिचार,सोचबिचार गरेर प्रेम गरेको होईन ।किनभने आज बाहेक यसभन्दा पहिले हाम्रो कहिले पनि भेट भएको थिएन ।
न मैले तिमिलाई देखेको थिए,न तिमिले मलाई ।म कहाँको मान्छे,तिमी कहाँकी ।आजसम्म हाम्रो भेट्ने कुनै डेटिङ्ग स्थल नै थिएन ।त्यही एउटा फेस्बुक थियो जहाँ हामी भेटिन्थ्यौ,संसार भुल्थेउ,आफुआफै रमाउथेउ ।एककिसिमले भनौ फेस्बुक हाम्रो भेटिने,छुटिने डेटिङ्ग स्थल थियो ।यसरी आज भेटेर पाएको यसकिसिमको खुसी,आनन्दबाट हामी दुबै चार बर्षसम्म वञ्चित भयौ ।सम्भवत हामी आफैले आफैलाई वञ्चित गरायौ ।यदि हामिले चाहेको भए हामी अरुसङ्गँ जानसक्थेउ तर हामिले त्यो चाहेनौ ।आफ्नो खुसी,आफ्नो रहर,दुखसुख यत्रो चार बर्षसम्म बचाएर राख्यौ एकअर्काले एकअर्काका निम्ति, यहि त हो माया,यहि त हो प्रेम । फेस्बुकका भित्तामा रङ्गिएका तिम्रा फोटाहरुलाई मात्र प्रेम गर्ने भए सायद म आज आहुने थिएन होला तिमिलाई भेट्न ।
तिमिसामु यी सब कुराहरु भनिरहेको हुनेथिएन होला ।मान्छु जरुर म तिम्रो रुपमा आकर्षित भएको थिए सुरुमा,अहिले पनि छु तर यसलाई नै हेरेर,यसलाई नै सबैथोक मानेर मैले प्रेम गरेको होईन ।नजिक ल्याउने,चिनाउने काम मात्र रुपले गरेको हो अरु केहीपनि होईन ।गरेको छु “प्रेम मात्र तिमिलाई,तिम्रो मुस्कानलाई,तिम्रो बिचारलाई,आनिबानिलाई“ । “मलाई परेको पीडा,दुखले जब तिमिमा निरासा,नैराश्यता र आफ्नोपनको बादल छाउछ, हो त्यो बादललाई गर्छु प्रेम“ ।“
टाईम टाईमा मेरा बारेमा जब सोधी रहन्छौ,हो त्यो कियरलाई गर्छु प्रेम“ ।“मसङ्गँ नबोली एक सेकण्ड बस्दा जुन किसिमका हुटहुटी आउछन मनमा,जतिधेरै कुराहरु उर्मिन्छन मगजमा,हो ती बेचैनीलाई गर्छु प्रेम“ । “राम्रोसङ्गँ चिनेको,सधै देखेको,भेटेको र वास्तविक प्रेमको आनन्द महसुस गरेका कतिपए भाग्यमानी प्रेमजोडिहरुको प्रेम अकालपनिक र अवास्तविक हुन्छ “ ।तर कहिल्यै नदेखेको,नचिनेको,नजानेको मान्छेसङ्गँ परेको हाम्रो प्रेम चार बर्षसम्म टिक्नु सानो उपलब्धी होईन ।यसलाई म ठूलो भन्दा ठूलो उपलब्धी मान्दछु,ठान्दछु ।
यतिमात्र हो“यदि आत्माले आत्मालाई प्रेम गर्छ भने चिनेको(नचिनेको,जानेको(नजानेको जोसुकै सङ्गँ प्रेम टिक्छ ।उतफुल्ल प्रेम हुन्छ,झनझन प्रफुल्ल सम्बन्ध हुन्छ ।“ म यति गहिराईमा पुगेको रहेछु कि आखाबाट आँसु बगिरहेको थियो ।उ कतिखेर पो मलाई अंगालेर रोईरहेकी रहिछे ।उसको आँसु पुछ्दै भने, नेपालिमा“म तिमिलाई प्रेम गर्छु“ । अङ्ग्रेजीमा“आई लभ यु“ । हिन्दिमा“हाम तुम्से प्यार कर्ते हे“ । “जवाफ जुन भाषामा दिएपनी हुन्छ“ भन्न नपाउदै उसले जोडले किस गरि अनि भनी यी यो भाषामा ।म अकनमक्क परे ।परिरहे निकैबेरसम्म । “पहिलो भेट,पहिलो डेट,पहिको किस“यस्तै कुराहरु उमारिरहे मनमा । मेरो हात खेलाउदै भनी, “माग्दिन आकाशको जुन,धर्तिको सुन“ “चाहिदैन जुनको ज्योती,मोतिको सागर ।दिए पुग्छ एक अञ्जुली मायाको गागर“ ।