☰ open Loading... 27 November 2024|  

वीरेन्द्रनगरमा माघी मेला हुदैँ
  | २५ पुष २०७४, मंगलवार १८:१५

सुर्खेत ।  माघी पर्वको अवसरपारी २७ देखि २९ गतेसम्म सुर्खेतमा माघी मेला लाग्ने भएको छ । मंगलबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरी मेलाको बारेमा जानकारी दिइएको हो । मगर समुदायका कला र संस्कृति जोगाउने उद्देश्यले सुरु गरिएको महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरु तिला गरंजामगर, निरु श्रीषमगर, मोडेल आरुशीमगर, सम्झना लामिछानेमगर लक्ष्मी रानामगर लगायतको सहभागिता रहने छ ।

त्यस्तै सोरठी, ख्याली, कौडा, ठाडो भाखा, दोहरी लगायतका संस्कृतिक प्रस्तुतिहरु पनि मेलामा रहेछन् । धनुषवाण प्रतियोगिता, छेलो प्रतियोगिता र एकल नृत्य प्रतियोगिताको समेत सञ्चालन गरिने मेला आयोजकले जनाएको छ । मेलामा मगर समुदायका विभिन्न परिकारदेखि र थारु परिकारका स्टल समेत राखिने मेला आयोजकले जानकारी दिएको छ ।

मंगलढीचौकबाट ¥यालीसहित सुरु हुने मेलाको उद्घाटका लागि सांसद एवम् नेपाल मगर संघका पूर्व केन्द्रिय महासचिव, पूर्व केन्द्रिय बरिष्ठ उपाध्यक्ष बसन्त घर्तीमगर आउने जनाइएको छ । २९ गतेसम्म चल्ने मेलामा ३० हजारबढी दर्शकले अवलोक गर्ने मेलामा आर्थिक सहायकताका लागि वीस रुपैयाँ टिकट शुल्क तुर्नुपर्ने आयोजकले जनाएको छ ।