☰ open Loading... 18 April 2024|  

केसीलाई रिहाइ गर्न विवेकशिलको माग
  | २६ पुष २०७४, बुधबार १८:३७

सुर्खेत । विवेकशिल साझा पार्टीे प्रदेश नम्बर ६ का संयोजक गेहेन्द्रप्रसाद दाहालले डा. गोविन्द केसीलाई तत्काल रिहाई नगरेमा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन । बुधबार वीरेन्द्रनगरमा गोविन्द्र केसीको समर्थनमा आयोजित कोण सभालाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन ।

उनले भने, ‘भष्ट्राचारी प्रधानन्यायाधीस गोपाल पराजुलीलाई छानविन गरी कारवाही गरिनु पर्छ ।’ नेपालको कानून भन्दा माथि कोही छैन, ‘कानून भन्दा माथि सत्य छ ।’ जिन्दगी काट्ने ‘कसम’ खाएर आएकी श्रीमतीले पनि श्रीमानको कुरा काट्न पाइन्छ । वर्तमान प्रधानन्यायाधीसको बारेमा कुरा उठाउन नपाईने कुन शताब्दीको तानाशाही हो ?

गोविन्द केसी सर्वोच्च अदालतको विरुद्धमा नभई व्यक्तिको विरुद्धमा उत्रिएको उनले बताए । ‘सर्वोच्च अदालतलाई हामी सम्मान छौँ, हामीले व्यक्ति माथि टिप्पणी र कमजोरी ठहर गरेको हौँ, व्यक्ति सर्वोच अदालत होइन । अन्सन बसेको व्यक्तिलाई सैनिक स्टाईलमा पक्राउ गर्नु नेपालकै कानूनी नयाँ भएको उनले बताए ।

‘प्रधानन्यायी पराजुलीले चार ओटा विवाह गरी विधिको शासनको उल्लंघन गरेको उनले आरोप लगाए । ‘बहु–विवाहको फैसाला गर्दा आफ्नो चार श्रीमती र आफुलाई परेको मुद्धाको के फैसला गर्नु हुन्छ ?