☰ open Loading... 20 April 2024|  

उपप्रमुख आफै अनुगमनमा
  | २६ पुष २०७४, बुधबार २१:१५

दैलेख । नारायण नगरपालिका दैलेखक उपप्रमुख सावित्री मल्ल आफै अनुगमनमा हिड्ने गरेकी छिन् । विकासे योजनाहरुको अनुगमन गर्न उनी आफै गाउँगाउँ पुग्ने गरेकी हुन् ।


कार्यालयको दैनिक कामसंगै फुर्सद मिलाएर उनी प्रमुख प्रशासनिक अधिकृत र ईन्जिनियर सहितको टोली बनाएर योजना हेर्न पुग्ने गरेकी हुन् । उनले जनताको गुनासो आउन थालेपछि आफै अनुगमनमा निस्कने गरेको बताईन् । जनप्रतिनिधिको दायित्व निर्भाह गर्न उनी उपभोक्ता समितिका सदस्यहरु र स्थानीयहरुसंग गुनासो समेत सोध्ने गरेकी हुन् ।

‘उपभोक्ताबाट गुनासो नआउने गरि आफुनै अनुगमनमा जाने गरेको छु ।’ उपप्रमुख मल्लले भनिन् ः ‘विकास गुणस्तरदेखी जनताको मनोभावना समेत बुझेर भुक्तानी दिने गरेका छौं ।’

नारायण नगरपालिकाभित्र रहेका शिव मन्दिर भुर्ती, बेलासपुर मन्दिर र खुसार्नीबारी ढुंगाको गोरेटो बोट अनुगमन भएको छ । अनुगमनमा वडा नम्वर ६ का वडा अध्यक्ष प्रकाश न्यौपाने, ७ का पूर्णबहादुर मल्ल, १ का तिर्थनारायण श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत जगत बस्नेत, ईन्जिनियर हिक्मत रोकाय लगायतको सहभागीता रहेको थियो । सवपक्षिय रुपमा अनुगमन गरि भुक्तानीको लागि सिफारिस गरेपछि भुक्तानी दिने ब्यवस्था गरिएको उपप्रमुख मल्लले बताईन् ।