सुर्खेत । अखिल क्रान्तिकारी सुर्खेतका अध्यक्ष महेश जिसीले पद हस्तान्तरण गरेका छन् । अागामी फागुन २० गते हुने जिल्ला सम्मेलनलार्इ सफल पार्न अायाेजक समिति गठन भएकै दिन पद हस्तान्तरण गरेका हुन् ।
अखिलले बुधबार वीरेन्द्रनगरमा नवनिर्वाचित सांसदहरूलार्इ बधार्इ दिन अायाेजना गरेकाे कार्यक्रममा विद्यार्थी फ्याक्सन इन्चार्ज भएका सांसद ठम्मर बिष्ट र सङ्गठनका पुर्व महासचिव तथा सांसद बिन्दमान बिष्टलार्इ सम्मान तथा बधार्इ दिएकाे थियाे ।
कार्यक्रममा अखिलकाे जिल्ला सम्मेलन आगामी फागुन २० गते गर्ने निर्णय गरेको छ । २२ औं जिल्ला सम्मेलनको लागि जगत ढकालको संयोजकत्वमा ७५ सदस्यीय सम्मेलन आयोजकसमिती सर्वसम्मत चयन गरेको जिसीले जानकारी दिए ।
उनका अनसार समितिकाे सह-संयोजमा जगत बिष्ट र सन्त बहादुर टमटा छन । आगामी कार्यक्रम अन्तर्गत माघ २० गतेसम्म सम्पुर्ण मावि, गाउँपालिका, नगरपालिका, म.प.वि.वि. र क्याम्पस इकाइ कमिटी गठन गर्ने र जिल्ला सम्मेलन फाल्गुन २० गते सम्पन्न गर्ने निर्णय गरेको छ ।
कार्यक्रममा अखिल (क्रान्तिकारी) का केन्द्रिय सचिब अम्मर जंग शाही , नेकपा माअाेवादी केन्द्रका पि.बि.एम तथा सुर्खेत इन्चार्ज नर बहादुर बिष्ट, पार्टी पि.बि.एम. तथा सुर्खेत संयोजक कृष्ण बहादुर जि.सी. सङ्गठनका केन्द्रिय सदस्य तथा निवर्तमान अध्यक्ष महेश जि.सी. लगायतकाे उपस्थिती थियाे ।