☰ open Loading... 16 September 2025|  

राज्यमन्त्री विष्टको गैरजिम्मेवारीपूर्ण हर्कत
  | २७ पुष २०७४, बिहीबार ०८:०५

सुर्खेत । सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्ट बुधबार दिउँसो वीरेन्द्रनगरको बुद्धपथ नजिकै ड्युटीमा रहेका ट्राफिक प्रहरीसंग बीचमै बाझदै गरेको अवस्थामा भेटिएको खबर आजको साझा विसौनीमा दैनिकमा छापिएको छ ।

ड्युटीमा रहेकी ट्राफिक महिलालाई उनी भन्दै थिए, ‘बढी बोल्दै हुनुहुन्छ, धेरै नखोज्नुहोस । गइहाल्नुहोस ।’ बीच सडकमा यसरी बाझिरहेका राज्यमन्त्री विष्टको हर्कत देखेर त्यहाँ जम्मा भएकाहरुले भने एकाअर्कोसंग कानेखुसी गर्दै थिए, ‘मन्त्री भएर पनि कस्तो गैरजिम्मेवारीपुर्ण हर्कत गरेको होला ।’ यसरी गैरजिम्मेवारीपुर्ण तरिकारले बीच सडकमै ट्राफिक प्रहरीसंग राज्यमन्त्री बाँझ्नुपर्ने कारण भने अझै रोचक छ ।