Loading... 15 October 2018|   सोमवार, अशोज २९, २०७५

अटाे रिक्सा दुर्घटनामा एककाे मृत्यु

  |

सुर्खेत । अटो रिक्सा दुर्घटनाहुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । गोठीकाँडाबाट वीरेन्द्रनगर बजारतर्फ आउँदै गरेको भे १ ह ९०७ नम्बरको अटो रिक्सा वीरेन्द्रनगर–७ बाघढुंघामा दुर्घटनाहुँदा चालकको मृत्यु भएको हो ।

फायल तस्वीर

दुर्घटना गएराती १० बजेतिर भएपनि प्रहरीलाई बिहिबार विहान १० बजेमात्रै घटनाबारे थाहा भएको थियो । दुर्घटनामा वीरेन्द्रनगर-९ लाटीकाेईलिका २८ वर्षिय अटाे चालक श्रीप्रसाद तिवारीकाे मृत्युु भएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालयका हवल्दार प्रविण थापाले जानकारी दिए ।

उनका अनुसार अटो रिक्सा सडकदेखी करिव ३० मिटर तल खसेको छ । तिव्र गतिका कारण अटाे दुर्घटनाकाे भएको थापाले बताए ।

समाचार पुन: अध्यावधिक गरिएकाे हाे । सम्पादक

प्रकाशित मितिः बिहिबार, पुस २७, २०७४     10:50:33 AM
error: Content is protected !!