Loading... 23 May 2018|   बुधबार, जेष्ठ ९, २०७५

शुरू भयाे सुर्खेतमा माघी राैनक (फाेटाे कथा)

  |

ads here

सुर्खेत । सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा माघी राैनक शुरू भएकाे छ । माघी पर्वको अवसरमा बिहीबारदेखि तीन दिन सुर्खेतमा माघी मेला शुरू भएकाे हाे ।

मगर समुदायका कला र संस्कृति जोगाउने उद्देश्यले सुरु भएकाे महोत्सवमा राष्ट्रिय कलाकारहरु तिला गरंजामगर, निरु श्रीषमगर, मोडेल आरुशीमगर, सम्झना लामिछानेमगर लक्ष्मी रानामगर लगायतको सहभागिता मेला अायाेजकले जनाएकाे छ ।

मेलामा सोरठी, ख्याली, कौडा, ठाडो भाखा, दोहरी लगायतका संस्कृतिक प्रस्तुतिहरु रहेछन् । धनुषवाण प्रतियोगिता, छेलो प्रतियोगिता र एकल नृत्य प्रतियोगिताको समेत सञ्चालन गरिने मेला आयोजकले जनायाे । मेलामा मगर समुदायका विभिन्न परिकारदेखि र थारु परिकारका स्टल समेत छन् ।

मंगलढीचौकबाट ¥यालीसहित सुरु भएकाे मेलाको उद्घाट सांसद एवम् नेपाल मगर संघका पूर्व केन्द्रिय महासचिव, पूर्व केन्द्रिय बरिष्ठ उपाध्यक्ष बसन्त घर्तीमगरले गरेका छन ।

तस्वीर : मदन विक

प्रकाशित मितिः बिहिबार, पुस २७, २०७४     2:36:49 PM
error: Content is protected !!