| २७ पुष २०७४, बिहीबार १७:३६
दाङ । यही पुस २८ गतेदेखी दाङमा माघी महाेत्सव हुने भएकाे छ । थारु कल्याणकारिणी सभाको आयोजनामा घोराही उपमहानगरपालिका जिल्ला विकास समितिको पछाडी रहेको मञ्चमा महोत्सव सञ्चालन गर्न लागेको महोत्सव कार्यक्रमका संयोजक तेजमान चौधरी जानकारी दिएका छन् ।
महोत्सवमा थारुभाषाका किताबहरु,थारु परिकारहरु,बड्का नाच लगायत थारु समुदायको लोक संस्कृतिलाई उजागर गर्ने खालका कलाहरु प्रस्तुत गरिने कार्यक्रम संयोजक चौधरीकाे भनाइ छ ।
संयोजक चौधरीका अनुसार बिशेषत् माघि महोत्सव कार्यक्रममा थारु युवासमुदायलाई लक्षित गरी थारु संस्कृति,थारु समुदायको मौलिकताको जर्गेना तथा संरक्षण गर्ने उद्धेष्यले नै कार्यक्रमको आयोजना गरिएको बताए। शुक्रबार बिहान ११बजेदेखि शुरु हुने माघी महोत्सव कार्यक्रममा थारु कल्याणकारिणी सभाले उपस्थीतिका लागी सम्पुर्ण दाङवासीमा अनुरोध गरेको छ ।