☰ open Loading... 4 November 2025|  

सुर्खेतमा पनि मनाइयाे पृथ्वी जयन्ती
  | २७ पुष २०७४, बिहीबार १७:५१

सुर्खेत । २९६ अाैं पृथ्वी जयन्ती तथा राष्ट्रिय एक्ता दिवस सुर्खेतमा पनि भव्यताका साथ मनाइएकाे छ । राष्ट्रिय प्रजातन्त्र पार्टी सुर्खेतकाे अायोजनामा वीरेन्द्रनगरमा पृथ्वी जयन्ती तथा एकता दिवस मनाइएकाे हाे ।

वीरेन्द्रचोकमा अायाेजित कार्यक्रममा राप्रपा सुर्खेतका जिल्ला अध्यक्ष मान ब. खड्का ले स्व. पृथ्वीनारायण साहकाे तस्वीरमा माला र टीका अर्पण गरेका थिए । पार्टीका केन्द्रिय सदस्य मुकुन्दश्याम गिरीले दिप प्रज्वलन तथा माला अर्पण गरेर कार्यक्रमको सुभारम्भ गरेका थिए ।

कार्यक्रममा पूर्व सांसद घनश्याम गिरी, समाजसेवी बलभद्र भारती, पुर्व जि.वि.स सभापति अाेम ब. जि.सी, बसन्त थापा, पुर्व जिबिस उपसभापति तुलाराम गिरी, पार्टीका आमन्त्रित केन्द्रीय सदस्य भद्र बहादुर शाही, राप्रपा (प्रजातान्त्रिक) का जिल्ला संयोजक टोप  अाेली लगायतकाे उपस्थिती थियाे ।