| २७ पुष २०७४, बिहीबार १८:०३
दाङ । प्राविधिक शिक्षा सञ्चालन गर्न दाङमा महायज्ञ गरिने भएकाे छ । जिल्लाकाे दूधरास माध्यामिक विद्यालयले आगामी माघ १८ देखि २४ गते सम्म महायज्ञ आयोजना गर्ने जनाएको हो ।
विद्यालयमा इञ्जिनियरिङमा डिप्लोमा तहसम्मको पढाइ सञ्चालनका लागि महायज्ञ आयोजना गर्ने निर्णय भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं महायज्ञ आयोजक मूल समितिका संयोजक देवराज विश्वकर्माले जानकारी दिए ।
प्राविधिक शिक्षा सञ्चालनका लागि रु पाँच करोड आवश्यक पर्ने भएकाले त्यसका लागि सबैले सहयोग गर्न आग्रह गर्दै उनले महायज्ञमा प्रत्येक दिन साँझ ७ देखि १० बजेसम्म पण्डित दीनबन्धु पोखरेलले कथा वाचन गर्ने कार्यक्रम तय भएकाे बताए । महायज्ञमा तुलादान, धान्याचल, महायज्ञ, व्रतबन्ध नगद दानलगायतका विभिन्न कार्यक्रमसमेत गरिनेछ