☰ open Loading... 4 May 2024|  

६ नम्बर प्रदेश ट्राफिक कार्यालय सुर्खेतमा स्थापना हुँदै
  | २८ पुष २०७४, शुक्रबार १९:२३

सुर्खेत । प्रदेशको ६ को अस्थायी राजधानी सुर्खेतमा ६ नम्बर प्रदेश ट्राफिक कार्यालय स्थापना हुन लागेको छ । ६ नम्बर प्रदेश प्रहरी कार्यालयका एआईजी रणबहादुर चन्दको पहलमा सुर्खेतमै प्रदेश ट्राफिक कार्यालय स्थापना हुन लागेको हो ।
 
सडक सञ्जाल पुगेका प्रदेश ६ का जिल्लाहरुमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्न थालेपछि सुर्खेतमै प्रदेश स्तरिय ट्राफिक कार्यालय सञ्चालन गर्न लागेको  ६ नम्बर प्रदेश प्रहरी कार्यालयका एआईजी चन्दले पश्चिमनेपाललाई जानकारी दिए ।
प्रहरी हेटक्वाटरमा यसका लागि आवश्यक जनशक्ति प्रदेश प्रहरी कार्यालय सुर्खेतले माग गरेकाले डिएसपी वीरबहादुर ओली आईतबार सुर्खेत आउँदैछन् । तत्कालका प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रदेश प्रहरी वा जिल्ला ट्राफिक प्रहरी कार्यालय मध्य कहाँ कार्यालय राख्ने विषयमा गृहकार्य भइरहेको एआईजी चन्दको भनाई छ ।
‘मैले जनशक्ती माग गरेको थिए, डिएसपी आउँदै हुनुहुन्छ’ चन्दले भने,–‘उहाँ आएपछि कार्यालय कहाँ व्यवस्थापन गर्ने भन्ने विषयमा निष्कर्षमा पुग्छौं, अहिले नै कार्यालय तोकेका छैनाैं ।’
प्रहरी स्रोतका अनुसार ट्राफिक क्षेत्रीय कार्यालय कोहलपुर रहेकाले कतिपय जिल्लाहरुमा तत्काल घटना भएमा समन्वय गर्न समस्या भएकाले  सुर्खेतमा प्रदेश ट्राफिक कार्यालय आवश्यकता देखिएकाले स्थापना गर्न लगिएको हो ।
अाइतबार कार्यालयमा हाजिर हुन लागेका डिएसपी अाेलीलार्इ नै ६ नम्बर प्रदेश ट्राफिक कार्यालयकाे जिम्मेवारी पाउने एक प्रहरी अधिकारीले जानकारी दिए ।
उनका अनुसार तत्काल बाहिर कार्यालय व्यवस्थापन नगरी प्रहरीकाे साविककै संरचना रहेकाे जिल्ला ट्राफिक कार्यालय सुर्खेतमा प्रयाप्त ठाउँ रहेकाले त्यही कार्यालय राखिने तयारी भएकाे उल्लेख गरे ।