Loading... 14 August 2018|   मङ्लबार, साउन २९, २०७५

के सारो हेरेको च्याङ्वा ! (भिडियाे)

  |

सुर्खेत । तामाङ सेलाे गीत के सारो हेरेको च्याङ्वा बाेलकाे गीत सार्वजिनक भएकाे छ । गीतमा गायिका रेश्मा बमजनले स्वर दिएकी छन् ।

सिन्धुलीमा जन्मीएर काठमाण्डौलाई कर्म थलो बनाउँदै आएकी बमजनले दर्जनौ सेलो गीत र लोक आधुनीक गीतमा स्वर दिइसकेकी छन् । याे गीतमा संजिव वाईवाको संगीत तथा शब्द संकलन, बबी घतानीको एरेन्ज र सम्पादन अनील कुमार महर्जन र बाशु बरालले छायाँकन गरेका हुन् ।

सुजन तामाङको निर्देशन, टेकराज लाङघाली र दिप्त प्रकाश काश्यपको सह-निर्देशन रहेको गीतको मुख्य भुमिका बिक्रम लामा र नवाड्ड लामाले अभिनय गरेका छन .

साथै भिडियाेमा टेकराज लाङघाली, मनिका राई र गरिमा तामाङको पनि अभिनय छ । काठमाण्डौको हसनटारका बिभिन्न रमणिय स्थलमा तथा बिभिन्न गुम्बाहरुका छायांकन गरिएको यस गीतमा ग्रामीण तामाङ कला सँस्कृति समेटिएकाे छ ।

प्रकाशित मितिः शुक्रबार, पुस २८, २०७४     8:59:34 PM