☰ open Loading... 24 February 2025|  

फुटबल संघ सुर्खेतको अध्यक्षमा रावल
  | २९ पुष २०७४, शनिबार १५:२७

मिलन श्रेष्ठ  
सुर्खेत । सुर्खेत जिल्ला फुटबल संघको अध्यक्षमा जनक रावल निर्वाचित भएका छन् । शनिवार वीरेन्द्रनगरमा सम्पन्न संघको पांचौ जिल्ला अधिवेशनबाट रावल सर्वसम्मत चयन भएका हुन् ।

संघको १३ सदस्यीय कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा चन्द्रकुमार श्रेष्ठ, उपाध्यक्षमाद्वय प्रभात थापा र प्रमोद हमाल चयन भएका छन् । यस्तै, सदस्यहरुमा गोवर्धन खड्का, रमेश तुलाधर, गणेशकुमार कार्की, मिलन श्रेष्ठ, गोपाल खड्का, कर्ण चन्द, कृष्णबहादुर खड्का, महेन्द्र चौधरी, र महिला सदस्यमा जानकी तारुङ्ग छन् ।

कार्यक्रमको उद्घाटन सत्रमा बाल्दै खेलकुद बिकास समिति सुर्खेतका अध्यक्ष चन्द्र कुमार गिरीले हरेक खेल क्षेत्र जस्तै फुटबल क्षेत्रमा पनि नयां आयाम थपिदै गईरहेकाले आगामी दिनहरुमा जिल्लाले परियोजना भित्राएर खेल क्षेत्रको विकासमा लाग्नु पर्ने बताए ।

एन्फा केन्द्रिय सदस्य प्रदेश सिंह राठौरले, फुटबलको क्षेत्रमा फिफा अन्तर्गत एनफामार्फत ४५ वटा जिल्लामा ग्रासरुट परियोजना शुरु गर्र्ने बारेमा जानकारी दिए । उनका अनुसार यस परियोजना अन्तर्गत फुटबलको क्षेत्र विकास हुने कुरामा विश्वास व्यक्त गरे ।

कार्यक्रमको उद्घाटन सत्रमा जिल्ला फुटबल संघका महासचिव गणेशकुमार कार्कीले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष प्रभात थापाले आर्थिक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रम सुर्खेत जिल्ला फुटबल संघका अध्यक्ष गोवर्धन खड्काको सभापतित्वमा सम्पन्न भएको हो ।