☰ open Loading... 21 January 2025|  

अन्तरजिल्ला जोड्ने सडकको पूर्वमन्त्री थानीद्वारा निरीक्षण
  | ३० पुष २०७४, आईतवार १५:५८

सुर्खेत । अन्तरजिल्ला जोड्ने सडकको पूर्व सहकारी तथा गरिवी निवारण मन्त्री ह्दयराम थानीले निरीक्षण गरेका छन् । सदरमुकाम वीरेन्द्रनगरदेखी उत्तरी क्षेत्रको रातानाङ्ला, धरमपोखरा हुदैं छिन्चु–जाजरकोट सडकखण्डको बाँखर्क जोड्ने सडकको स्थलगत निरीक्षण गरेका हुन् ।

मतदातासंग भेटघाट गर्न आइतवार चिंगाड गाउँपालिकाको रानीबास, काफलकोट पुगेका थानीले आफ्नो पहलमा निर्माण भएको सो सडकको पछिल्लो अवस्था बारे जानकारी लिए । उक्त सडकले उत्तरी क्षेत्रदेखि पूर्वी क्षेत्र जोड्न महत्वपूर्ण काम गरेकोमा खुशी प्रकट गरे ।

पूर्वमन्त्री थानीले उत्तरी क्षेत्रको विकासका लागि कांग्रेसकै पहलमा विकासको रणनीतिक योजना निर्माण गरेको भन्दै अव यस क्ष्ँेत्रको विकास द्रुत गतिमा हुने दावी गरे । उनले निर्वाचन क्षेत्रलाई कसैको गणराज्य बनाउन नहुने पनि उल्लेख गरे । अहिलेको चुनावमा कांग्रेस पराजित भएपनि अव संगठन र विकासको काम संगसंगै अगाडि लगेर पार्टीलाई पहिलो बनाउने दावी पनि थानीले गरेका छन् ।

कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले चुनाव जित्नकै लागि कम्युनिष्टहरु मिलेको भन्दै कांग्रेस कार्यकर्ताहरुलाई निरास नभइ आफ्नो काममा खट्न सुझाव दिए ।

कांग्रेस क्षेत्रीय सभापति नारायण कोइरालाले पार्टी कार्यकर्ताहरुलाई सक्रिय बनाउनका लागि क्षेत्रीय समितिले प्रशिक्षण गर्ने बताए । रानीबास गाउँ सभापति प्रेमबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा वडाअध्यक्ष बुदे खत्रीलगायतले बोलेका थिए । त्यसलगत्तै मटेलामा पनि मतदातासंग पूर्वमन्त्री थानीले भेटघाट गरेका थिए ।