धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले तिन दिनभित्रै प्रदेश प्रमुख र राजधानी तोक्ने बताएका छन् । कैलालीको गोदावरीमा वाह् राशी मकर मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले अहिलेसम्म दलीय सहमतिको प्रयास गर्दा प्रदेश प्रमुख र राजधानी तोक्न ढिलाइ भएको बताए । प्रधानमन्त्रीले भने, ‘अब सहमति भएपनि नभएपनि तीन दिनभित्र प्रदेश प्रमुख र राजधानी सरकारले तोक्ने छ ’।
निर्वाचनमा कसैको बहुमत आएको छैन, संसद गठन भएको छैन कसलाई सत्ता सुम्पने रु प्रधानमन्त्री देउवाले भने ‘कानुनी प्रक्रिया, संविधानको दायरा केही नबुझीकन सत्ता हस्तान्तरणको राग मात्र अलापेर हुँदैन’। को हो प्रधानमन्त्री हुने रु कानुनसम्मत रुपमा अगाडि आउनु पऱ्यो म एक मिनेटमै सत्ता छोड्न तयार छुु देउवाले भने ।
राष्ट्रियसभा निर्वाचन छि संसदले पूर्णता पाउने भएकाले त्यसपछि मात्र नयाँ सरकार गठन हुने देउवाले बताए । कैलालीको गोदावरी तीर्थस्थलमा आयोजित सभामा प्रधानमन्त्रीले यस क्षेत्रका धार्मिक तथा पर्यटकीय महत्व बोकेका क्षेत्रहरुको विकासका लागि आफ्नो सदैव प्रयत्न रहिरहने प्रतिबद्धता ब्यक्त गरे ।
उक्त अवसरका गोदावरीधाम विकास समितिका अध्यक्ष वरिष्ठ साहित्यकार पदमराज जोशी, सांसद नारदमुनी राना र गोदावरी नगरपालिका प्रमुख हरिसिंह साउदले प्रधानमन्त्रीलाई गोदवारीधाम विकासका लागि सरकारले गुरुयोजना निर्माण गरी काम थाल्न आग्रह गरेका थिए ।