☰ open Loading... 25 November 2024|  

भाडामै स्थानीय तह सञ्चालन
  | ३० पुष २०७४, आईतवार १८:३९

दैलेख । नारायण र दुल्लु नगरपालिका बाहेक दैलेखका सवै स्थानीय तह भाडा तिरेर सञ्चालनमा आएका छन् । आफ्नै भवन नहुँदा विकट स्थानमा भाडातिरेरै आफ्नो कार्यक्रम सञ्चालन गरिरहेका हुन् ।

चामुण्डाविन्द्रासैनी नगरपालिकादेखी आठविस नगरपालिकासम्म भवन अभाव हुँदा भाडामै छन् । ४ नगर र ७ गाउँपालिका मध्ये २ नगरपालिका र ६ वटै गाउँपालिका भाडा तिरेर कार्यालय खोलिएको छ ।

पूर्वाधार नहुनु नयाँ ठाउँमा नगर तथा गाउँपालिकाको कार्यालय स्थापनाले अँझै तंग्रिन सकेको छैन् । भवन बनाउने अँझै टुंगो लगाउन सकेको छैन् । कतिपय गाउँपालिकाहरुमा कहाँ भवन बनाउने भनेर विवादसमेत देखीएको छ ।

जिल्ला गुरासँ, भगवतीमाई, नौमुले, महावु, भैरवी, टाँटीकाध गाउँपालिका भवन नहुँदा भाडामा छन् । डुगेश्वर मात्रै आफै भवनमा छ । सानो साविकको गाविस कार्यालयमा डुंगेश्वर गाउँपालिका कार्यालय रहेको छ । त्यस्तै आठविस र चामुण्डाविन्दासैनी पनि भाडामा लिएरै कार्यालय चलाएका छन् ।

चामुण्डाविन्द्रासैनी नगरपालिकामा साँगुरो घरबाट नगरपालिकाको कामहरु गरिरहेको कर्मचारी बताउँछन् । नौमुले गाउँपालिकामा आफ्नै भवन हुँदा पनि पनि सुविधासम्पन भवन भाडामा लिएको छ ।

गाविस भवन हुँदा बनाईएको पक्कि भवन साँगुरो भएकाले नयाँ भवन भाडामा लिएर कार्यालयका कामहरु गरिएको जनाईएको छ । ‘पुरानो भवन पनि छ ।’ कार्यकारी अधिकृत सन्तोष ढुंगाना भने, अपुग कोठाहरु र साँगुरो भएपछि नयाँ घर भाडामा लिईएको हो । अहिले त्यो भवनमा वडा कार्यालयका सञ्चालन गरेको छ ।’

‘यो वर्ष कुनै नयाँ भवन बनाउने योजना नभएको उनले बताए । łबजेट अभाव पनि नौमुले बजारमा जग्गा पनि छैन् ।’ कार्यकारी अधिकृत ढुंगानाले थपे ।