| ३ माघ २०७४, बुधबार ०८:२४
भारतीय डिजाइनमा भारतीय सीमा नजिक राजधानी तोक्न लागियो
दाङ । प्रदेश पाँचको राजधानी दाङलाई बनाउन माग गर्दै जिल्लाबासीले बुधबारदेखि अनिश्चितकालीन बन्द सुरु गरेका छन् । प्रदेश राजधानी बुटवललाई बनाउने संकेत पाएको भन्दै दाङबासीले आन्दोलन सुरु गरेका हुन् ।
बिहानैदेखि घोराही, तुलसीपुर, लमही, भालुबाङ, बिजौरीमा स्थानीयबासीले टायर बालेर प्रदर्शन गरिरहेका छन् । दाङखण्डमा पर्ने पूर्वपश्चिम राजमार्ग पनि ठप्प छ । बन्दका कारण जनजीवन प्रभावित भएको छ ।
लामो तथा छोटो दुरीका गाडी, उद्योगधन्दा, कलकारखाना सबै बन्द छन् । शिक्षण संस्था पनि खुलेका छैनन् ।
विरोध कार्यक्रमलाई सम्वोधन गर्दै नागरिक समाज दाङका अध्यक्ष टिकाराम रेग्मीले भारतीय डिजाइनमा भारतीय सीमा नजिक राजधानी तोक्न लागिएकाले विरोधमा उत्रिनु परेको बताए ।