☰ open Loading... 26 April 2024|  

बाणिज्य वैंक कर्मचारी संघकाे अध्यक्षमा बस्याल सर्वसम्मत
  | ३ माघ २०७४, बुधबार १८:४२

सुर्खेत । राष्ट्रिय बाणिज्य बैंक कर्मचारी संघ क्षेत्रीय समिति नेपालगञ्जको नयाँ कार्य समिति चयन गरिएको छ । वीरेन्द्रनगरमा बुधबार सम्पन्न संघको ११ औं चुनावी अधिवेशनले नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो ।

अधिवेशनको उद्घाटनमा बैंक तथा वित्तिय संस्था कर्मचारी संघ नेपालका अध्यक्ष नारायणप्रसाद सुवेदी ।

अधिवेशनले सुमन बस्यालको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपध्यक्षमा धनबहादुर रावल, सचिवमा मनोज कंडेल, उप–सचिवमाद्वय पूर्णप्रसाद उपाध्याय र बेदप्रसाद बास्तोला तथा कोषाध्यक्षमा उमा घर्ती र सह–कोषाध्यक्षमा सिता डाँगी चयन हुनुभएको छ ।

समितिको सदस्यहरुमा अनु ढकाल, पशुपति अधिकारी, मदनकुमार सापकोटा, उत्तम खड्का, मानबहादुर बुढा, टेकराज न्यौपाने, बालकृष्ण जोशी र सुरेशकुमार खत्री छन् ।

कार्यक्रमको उद्घाटनमा बैंक तथा वित्तिय संस्था कर्मचारी संघ नेपालका अध्यक्ष नारायणप्रसाद सुवेदीले गरेका थिए । उद्घाटन सत्रमा अध्यक्ष सुवेदीले सम्पूर्ण बैंकिङ्ग तथा वित्तिय क्षेत्रमा कार्यरत कर्मचारीहरुको सेवा सुविधा समान नरहेको बताए । उनले बैंक तथा वित्तिय क्षेत्रमा कार्यरत करार कर्मचारीहरुको तलव न्युनतम पारिश्रमिक अनुसार नरहेको भन्दै एकरुपता कायम गर्न माग गरेका छन् ।

देश संघीय संरचनामा रुपान्तरण भएको अवस्थामा पेशागत संगठनहरु पनि प्रदेश संरचनाअनुसार रुपान्तरण गर्न प्रतिनिधि सभा सुर्खेतका सांसद् धुव्रकुमार शाहीले सुझाव दिए । अधिवेशनकाे उद्घाटन सत्रमा सेवानिवृत्त पृर्थ खड्का लगायतलार्इ सम्मान पनि गरिएकाे थियाे ।

कार्यक्रममा राष्ट्रिय बाणिज्य बैंक कर्मचारी संघ नेपालका अध्यक्ष बेदबहादुर लावती, उप–महासचिवद्वय रामप्रसाद केसी र धर्मराज अर्याल, सचिव बद्रि तिमिल्सेना लगायतले धारणा राखेका थिए । अधिवेशनमा मध्य र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा रहेका राष्ट्रिय बाणिज्य बैंकमा कार्यरत कर्मचारीहरुको सहभागिता थियो ।