☰ open Loading... 23 February 2025|  

सुर्खेतमा थपियो कुमाल मुभि हाउस
  | ४ माघ २०७४, बिहीबार १८:५४

सुर्खेत । वीरेन्द्रनगर सुर्खेतमा एक मुभि हाउस थप भएको छ । कुमाल मुभि हाउस सञ्चालक समिती सुर्खेतले बिहिबारदेखि कुमाल मुभि हाउस सञ्चालनमा ल्याएको हो ।

भुमि हाउसको उद्घाटन गर्दै नेकपा माओबादी केन्द्र सुर्खेतका पुर्व सभाषद् नरबहादुर विष्टले कला संस्कृती र मौलिकतामा आउने चुनौतीलाई सामना गर्दै अगाडी बढेमा सफलता प्राप्त गर्न सकिने बताए ।  सुर्खेतमा पहिला सञ्चालनमा रहेका मुभि हाउससंगको सहज प्रतिस्प्रधालाई मनन गर्दै कुमाल मुभि हाउस क्रियाशिल रहनेमा बिश्वस्त रहेको बताउदै उनले सफलताको शुभकामना ब्यक्त गरे ।

मुभि हाउसले म्यूजिक भिडियो, भिडियो प्रोफाईल, फोटोग्राफी, कुमेन्ट्ी, टेलीफिल्म, विबाह, सेमिनार, कर्मसियल विज्ञापन, लाईभ प्रोग्राम, रेडियो प्रोग्राम उत्पादन तथा प्रसारण, महोत्सव तथा अन्य कार्यक्रमको भिडियो निर्माण गर्ने प्राविधिक प्रमुख राजेश कुमालले जानकारी दिए । साथै मुभि हाउसले महोत्सव तथा कार्यक्रममा आबश्यक पर्ने साउण्ड सिस्टम समेत उपलब्ध गराईने बताए ।