☰ open Loading... 23 December 2024|  

‘६ नम्बर प्रदेश आर्इडल’ प्रतियोगिता हुँदै
  | ५ माघ २०७४, शुक्रबार १७:१०

सुर्खेत । प्रदेश ६ का प्रतिभाहरुको खोजीका लागि सुर्खेतमा प्रदेश स्तरिय गायनतर्फ आर्इडल प्रतियोगिता हुने भएको छ । सिङ्गारो म्युजिक प्रा.लि.को आयोजनामा फाइनल प्रतियोगिता आगामी चैत्र ३० गते सुर्खेतमा हुन लागेको हो ।

आउदो आइतबारदेखी प्रतियोगितामा भाग लिनेहरुका लागि फारम खुला गरिने सिङ्गारो म्यजिक प्रालिका निर्देशक विशाल ढकालले शुक्रबार पत्रकार सम्मेलनकाे अायाेजना गरेर जानकारी दिए । उनका अनुसार आगामी फागुन पहिलो सातादेखी जिल्ला अडिसन सुरु हुनेछ ।

‘प्रा.लिको उदेश्य नै कला संस्कृतीको संरक्षण, प्रचार–प्रसार र जगेर्ना गर्नु हो’ ढकाल,–‘स्थानीय कला संस्कृतीको संरक्षण गर्नकै लागि प्रदेश ६ मा पहिलो पटक आईडल प्रतियोगिताको आयोजना गर्दैछौं ।’

प्रदेश ६ जिल्लाहरुबाट प्रत्येक जिल्लाबाट ५ जना गायक–गायिका छनौट गरिने ढकालले जानकारी दिए । उनले प्रतियोगिताका लागि शुरुमा जिल्ला अडिसन हुने र त्यसपछि दोस्रो गायन अडिसन सुर्खेतमा हुनेछ ।

प्रतियोगितामा प्रथम हुनेलाई ३ लाख, दोस्रोले २ लाख र तेस्रो हुनेले १ लाख नगद पुरस्कार पाउने ढकालले बताए । प्रतियोगिताबाट उत्कृष्ट गायक–गायिका छनौट गरिनेछ । उनीहरुले नगद रु. ५० हजार पुरस्कार दिइने ढकालको भनाई छ ।

पत्रकार सम्मेलनमा काँक्रेविहार यातायात समितिका अध्यक्ष रमेश सापकाेटा, कलाकार तथा शव्द संकलक हरि विष्ट लगायतकाे उपस्थिति थियाे ।