सुर्खेत । प्रदेश नम्बर ६ को अस्थायी राजधानी सुर्खेतमा व्यापार तथा कृषि महोत्सव हुने भएको छ । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नम्बर ६ को आयोजनामा यही माघ २६ गतेबाट सुर्खेतमा प्रदेशस्तरिय औद्योगिक, व्यापार, पर्यटन तथा कृषि महोत्सव हुन लागेको हो ।
प्रदेश समृद्धिका बलिया आधारका रुपमा रहेका जलस्रोत, उच्च मूल्य भएको कृषि, पर्यटन, खानीखनिज तथा जडीबुटी, स्थानीय कलासंस्कृती, रहनसहन, स्थानीय उत्पादन, व्यापार व्यवसायको प्रवद्र्धन गर्ने उदेश्यले महोत्सव गर्न लागिएको नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नम्बर ६ का अध्यक्ष पदमबहादुर खड्काले जानकारी दिए ।
प्रदेशका प्रमुख पर्यटकीय गन्तब्यका रुपमा रहेका रारा ताल, शे–फोक्सुण्डो तथा छिमेकी जिल्ला दैलेखका पञ्चकोशी लगायतका धार्मिक तथा ऐतिहासिक स्थलकहरुको अवलोकनका लागि बाह्य पर्यटकहरुलाई थप प्रोत्साहिन गर्ने अपेक्षा शाहीको छ ।
उनका अनुसार १२ दिनसम्म सञ्चालन हुने महोत्सवमा पाँचसय स्टल रहने र ३ लाख दर्शकहरुले अवलोकन गर्नेछन् । महोत्सव अवधिमा करिव १५ करोडको कारोबार हुने अपेक्षा अध्यक्ष शाहीको छ । महाेत्सवमा प्रदेशकाे कला संस्कृती झल्कने झाँकी तथा राष्ट्रिय कलाकारहरूकाे प्रस्तुती रहनेछ । महोत्सवको सह–आयोजकमा जिल्ला समन्वय समिति, वीरेन्द्रनगर नगरपालिका र प्रवद्र्धकका रुपमा नेपाल पर्यटन वोर्ड छन् ।