☰ open Loading... 24 November 2024|  

६ करोड लगानीमा स्टे होटल  भ्याली भ्यु
  | ६ माघ २०७४, शनिबार १५:५४

सुर्खेत ।  प्रदेशको अस्थायी राजधानी  सुर्खेतको पर्यटकीय क्षेत्र गोठीकाँडामा सुुविधा सम्पन्न रिसोर्ट संञ्चालनको तयारीमा छ  ।  ६ करोडको लगानीमा स्टे होटल भ्याली भ्यू सञ्चालनको तयारीमा रहेको हो । सुर्खेतका होटल व्यवसायी तर्क वहादुर शाही सहित ३ जनाको लागनीमा सो रिसोर्ट सञ्चालन गर्न लागीएको हो ।

होटल व्यवसायी  तर्कवहादुर शाही , ऐन वहादुर शाही र लिलाराम  आचार्यको संयुक्त लगानीमा केही दिनमै स्टे होटेल भ्याली भ्यु प्रालि सञ्चालन  गरिने स्टे होटल भ्याली भ्यू  प्रालिका अध्यक्ष तर्कवहादुर शाहीले वताए ।  प्रदेश नं ६ को राजधानी रुपमा रहेको सुर्खेतमा स्तरिय होटेलको  माग भएकाले  स्तरिय सेवा दिने उद्धेश्यले सुविधासम्पन्न होटेल  सञ्चालन उनीहरुको  भनाई छ ।

प्रदेश नम्बर ६ को पर्यटन विकासका लागी  होटल संचालनमा ल्याएको  प्रालिका  अध्यक्ष तर्कबहादुर  शाहीले बताए । ‘प्रदेश नम्बर  ६ को राजधानी सुर्खेतको गोठीकाँडा पर्यटनको दृष्टिकोणले  दोश्रो नगरकोटको रुपमा परिचत छ ।’ उनले भने, ‘पर्यटकलाई सुविधा दिनका लागि हामीले होटल संचालनमा ल्याएका छौँ ।

सुर्खेत उपत्यकाको दृष्य हेर्न गोठीकाँडा जाने र दैलेख–सुर्खेत लगायत मानसरोवर सम्मको यात्रा गर्ने पर्यटकहरुलाई लक्षित गरी होटल सञ्चालन गरिएको अध्यक्ष शाहीको भनाई छ ।  ६ करोडको लगानीमा स्थापनामा सुरु भएको स्टेल होटल भ्याली प्रालिमा सुविधा सम्पन्न २५ वटा कोठा रहेका छन । यसलाई विस्तार गरि  ५० ओटा कोठा पु¥याउने लक्ष्य रहेको अध्यक्ष शाहीले  वताए ।

८ सय जनाको क्षमता भएको  सभाहल तयार गरिएको र हेलिप्याडको समेत व्यवस्था गरिएको उनको भनाई छ ।   १० वटा कटेज र  ५० भन्दा वढी सवारी साधन पार्कीङ्गको व्यवस्था रहेकोलछ  ।  होटेल सञ्चालनका लागी पानी, गाडी पार्किङ्ग लगायतमा समस्या भएपनि ती सवै कुराको उचित व्यवस्थापन गरिएको अध्यक्ष शाहीले  बताए ।

पर्यटकको चाहाना अनुसार परिकार र स्थानीय संस्कृतिलाई प्रर्दशन गर्ने तयारी भईरहेको अध्यक्ष शाहीले बताए ।  स्थानीय स्तरमा पाइने अर्गानिक खानाको व्यवस्था  गरिने तथा स्थानीय स्तरमा नै रोजगारीको अवसर प्रदान गर्नका लागी स्थानीय संग छलफल भइरहेको उनको भनाई छ ।  होटलमा २१ जना मानिसले प्रत्यक्ष रोजगारी प्राप्त गर्नेछन् ।  गत वर्ष मंसीर देखी निर्माण कार्य सुरु भएको उनको भनाई छ । होटल निर्माणको काम अन्तीम चरणमा रहेकाले अवको केही दिनमा नै सेवा दिन सुरु गर्ने प्रालिका अध्यक्ष शाहीले वताए ।