☰ open Loading... 1 May 2024|  

क्षेत्रीय वनमा प्रदेश प्रमुखको कार्यालय स्थापना
  | ६ माघ २०७४, शनिबार १७:३४

प्रदेशसभा सदस्यहरुलाई सपथ खुवाउन तयारी पूरा

सुर्खेत । ६ नम्बर प्रदेश प्रमुखको कार्यालय क्षेत्रीय वन निर्देशनालय र वन तालिम केन्द्रमा प्रदेश प्रमुखको कार्यालय स्थापना भएको छ । प्रदेश सरकारकालागि आवश्यक भौतिक संरचना व्यवस्थापन गर्न जिम्मेवारी पाएको मध्यपश्चिम क्षेत्रीय प्रशासन कार्यालयले प्रदेश प्रमुखको कार्यालय स्थापना गरेको हो ।


शुक्रबार साँझ सपथ खाएका प्रदेश प्रमुखले आईतबार विहान १० बजे पदभार ग्रहण गर्ने कार्यतालिका छ । प्रदेश प्रमुख दुर्गाकेशर खनाललाई स्वागत र पदभार ग्रहण गराउन तयारी पूरा भएको क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतका अधिकृत केशवप्रसाद उपाध्यायले जानकारी दिए ।


यसैविच, प्रदेश प्रखुम खनालले आइतबार पदभार ग्रहण गरेपछि प्रदेशसभा सदस्यहरुको सपथ खुवाउने कार्यक्रम तय भएको छ । ६ नम्बर प्रदेशको अस्थाई राजधानी सुर्खेतमा प्रतिनिधि र प्रदेशसभा निर्वाचनबाट विजयी प्रदेश सांसदहरुको सपथका लागि सवै तयारी पुरा भएको उपाध्यायले बताए ।

उनका अनुसार आइतबार विहान ११ बजे जिल्ला समन्वय समितिको हलमा प्रदेश सांसदहरुलाई सुपथ खुवाइनेछ । सपथ ग्रहणका लागि प्रदेश सांसदहरु सुर्खेत आउनेक्रम जारी रहेको बताइएको छ । ६ नम्बर प्रदेशका दश जिल्लाबाट २४ जना प्रत्यक्ष र १६ जना समानुपातिक गरी ४० जना सांसदहरुले भोली प्रमाण पत्र पाउनेछन् ।