☰ open Loading... 17 May 2024|  

सल्यानमा बस दुर्घटना, चार जनाको मृत्यु
  | ८ माघ २०७४, सोमबार १६:३४

पार्वती वस्नेत, दाङ । रुकुमबाट दाङ जादै गरेको यात्रु बस सल्यानको त्रिवेणी गाउँपालिका ६, भाटखोलामा दुर्घटनाग्रस्त भएको छ । यो दुर्घटनामा कम्तिमा चार यात्रुको ज्यान गएको छ ।रुकुमबाट दाङ जाने क्रममा ना ५ ख ५३१ नम्बरको बस सडकबाट डेढ सय मिटर तल खस्दा कम्तिमा चार यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा थप ३० जना घाईते भएको वडा प्रहरी कार्यालय लुहामले जनाएको छ । घाइतेको अहिले श्रीनगरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । लुमाह प्रहरीका अनुसार चारजना मध्य दुइ जनाकाे सनाखत भर्इ सकेकाे छ । दुर्घटनामा मृत्यु हुनेहरुमा रुकुम मुसीकोटकी पुष्पा खड्का केसी र सल्यान बाघचौरकी सन्तरी विक रहेका छन् । अन्य दुईजनाको सनाखत हुन सकेको छैन ।

प्रहरीको टोली घटनास्थलमा पुगेर घाइतेहरुलाई उपचारको लागि सल्यान र नेपालगन्ज पठाइरहेको छ। शव संकलन भइरहेकाले मृतकहरुको संख्या बढ्न सक्ने बताइएको छ।