☰ open Loading... 28 November 2024|  

बोटेचौर महोत्सवमा ५५ हजार दर्शकले गरे अवलोकन
  | ८ माघ २०७४, सोमबार १९:०१

सुर्खेत । पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका–९ बोटेचौरमा जारी रहेको महोत्सव सकिएको छ । ८ दिनसम्म सञ्चालन भएको कृषि व्यापार तथा सांस्कृती महोत्सवमा करिव ५५ हजार दर्शकले अवलोकन गरेको छन् ।


महोत्सवको समापन कार्यक्रममा बोल्दै प्रदेश सांसद ठम्मर विष्टले स्थानीय कला संस्कृती र कृषिको प्रर्दशन गर्न महोत्सवले टेवा पु¥याएको बताए । उनले स्थानीय कला संस्कृतीको संरक्षण गर्नुका साथै स्थानीय कृषि सामग्रीको अवलोकन गर्न पाउनु सकरात्मक पक्ष भएको उल्लेख गरे । स्थानीय स्तरको उत्पादन र संस्कृतीको संरक्षण गर्नमा समेत आफू कटिवद्ध भएको बताए ।

स्थानीय कृषि र व्यापार प्रवद्र्धन तथा संस्कृतीको संरक्षण गर्न आयोजना गरिएको महोत्सवमा करिव ३० लाखको कारोवार भएको महोत्सव व्यवस्थापक खिम पाण्डेले जानकारी दिए । उनले महोत्सव सफल पार्न सवै पक्षको साथ र समर्थनले थप हौसला मिलेको बताए ।

महोत्सवको अन्तिम दिन राष्ट्रिय कलाकार रामजी खाँण लगायत स्थानीय कलाकारहरुले प्रस्तुती राखेका थिए । महोत्सवमा ५० वटा स्टल, बाल उद्यान तथा भलिवल प्रतियोगिता समेत राखिएको थियो ।