☰ open Loading... 24 November 2024|  

५४ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरु सुर्खेतमा
  | ९ माघ २०७४, मंगलवार ०९:००

सुर्खेत । प्रदेश ६ का ५४ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष सुर्खेत आएका छन् । स्थानीय तहको निर्वाचन भएको लामो समयसम्म गाउँपालिका सञ्चालनमा देखिएका चुनौती र कानुन सम्वन्धी जानकारी लिन कार्यशालामा सहभागी हुन सुर्खेत आएका छन् ।

कार्यशाला अायाेजना बारे जानकारी दिँदै गाउँपालिका महासंघ प्रदेश ६ का अध्यक्ष कविन्द्रकुमार केसी र सदस्य रतननाथ याेगी ।

तीन दिनसम्म सञ्चालनमा हुने कार्यशालामा गाउँपालिका सञ्चालनमा देखिएका चुनौतीहरु पनि बहस हुने गाउँपलिका महासंघ प्रदेश ६ का अध्यक्ष कविन्द्रकुमार केसीले जानकारी दिए । उनले स्थानीय तह स्थापना भएको महिनौं वित्दा पनि अप्रयाप्त भवन रहेको, विषयगत कार्यलयहरु सञ्चालन गर्न देखिएका कानुनी जटिलता लगायतका विषयमा छलफल गरिने बताए ।

अध्यक्ष केसीका अनुसार गाउँपालिकाका प्रमुख र उपाध्यक्षहरुसंगको कार्यशाला नेपालमै पहिलो पटक सञ्चालन हुन लागेको छ । कार्यशालामा संविधान विद् काशीराज दाहाल, स्वास्थ्य विज्ञ डा. निर्मला शर्मा, शिक्षा तथा कानुन विज्ञ टिकाराज भट्टराई र कृषि विज्ञ कृष्ण पौडेलले गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरुलाई प्रशिक्षण दिनेछन् ।