सुर्खेत । सुर्खेतदेखि काठमाडौं तथा दोहोरो रुपमा काजपत्र आदानप्रदानका लागि काँक्रेविहार यातायातले शुल्क नलिने भएकाे छ । अाफ्नाे समितिमा जाने कतिपय यात्रुहरूले महत्वपूर्ण कागजपत्र पठाउँदा बसका कर्मचारीहरूले मनाेमानी भाडा असुलेकाे पाइएकाले अवदेखी कागजपत्र पठाउँदा शुल्क नलिने काँक्रेबिहार यातायात व्यवसायी संघका सचिव रमेश सापकोटाले जानकारी दिएका छन् ।
काठमाडौं तथा सुर्खेतमा महत्वपूर्ण कागजात पठाउँदा गाडीका कर्मचारीले चर्को भाडा उठाएको गुनासो आएपछि निःशुल्क डकुमेन्ट सेवा सञ्चालन गरिएको सापकोटाले स्पष्ट पारे ।
‘काठमाडौं पठाउनुपर्ने सामान नागरिकहरु काँक्रेबिहार यातायातको काउन्टरमा बुझाउन सक्छन् । सामान प्राप्तिका लागि दिइएको समयमा अर्को काउन्टरमा सम्पर्क गर्न सकिने व्यवस्था मिलाएका छौँ । चिठिपत्र तथा साना सामग्रीको कुनै पनि शुल्क लाग्दैन । ठूला सामग्रीका लागि न्यनतम शुल्कको व्यवस्था गरेका छौ ।’ सामाग्रीको सुरक्षा तथा विश्वसनीयताको जिम्मेवारी काँक्रेविहार यातायातले लिने सापकोटाले बताए ।