सुर्खेत । ६ नम्बर प्रदेशलाई समृद्ध प्रदेश बनाउन प्रदेश सभा सदस्यहरू केन्द्रित भएका छन् । संघीय संरचना अनुसार आगामी पाँच वर्षका लागि प्रदेश सरकारको नेतृत्व गर्ने जिम्मेवारी पाएका प्रदेश सभा सदस्यहरूले यस प्रदेशका चुनौती र सम्भावना खोज्न थालेकाे खबर अाजकाे साझा विसौनी दैनिकले छापेको छ । हुन् । केन्द्रिकृत राज्य व्यवस्थादेखि नै पिछडीएको कर्णाली क्षेत्रलाई समृद्ध बनाउन प्रदेश सरकारले महत्वपूर्ण भुमिका निर्वाह गर्ने उनीहरूले विश्वास व्यक्त गरेका छन् ।
सबैभन्दा गरीव प्रदेश, अशिक्षा, भोकमरी, छाउँपडीलगायतका समस्याहरू यस प्रदेशमा रहेको भन्दै उनीहरूले समाधानका लागि आवश्यक नीति निर्माण गरी कार्यान्वयन गर्ने प्रतिवद्धतासमेत जनाएका छन् । ६ नम्बर प्रदेश जलस्रोत, खनिज, विद्युत, जडिवुटी, पर्यटन र सांस्कृति थुप्रै सम्भावनालाई प्रवद्र्धन गर्नुपर्ने प्रदेश सभा सदस्य यामलाल कंडेलले बताए ।
‘कुन दलबाट प्रतिनिधित्व गर्दै छौं भन्नुभन्दा पनि के का लागि हामी विजयी भएका हौं ।’ उनले भने, ‘जनताका समस्याहरू समाधान गर्ने नीति कार्यान्वयन अबको आवश्यकता हो ।’ उनले प्राकृतिक सम्पदाले सबैभन्दा धनी प्रदेशका रूपमा ६ नम्बर प्रदेश रहेको उल्लेख गरे । ६ नम्बर प्रदेश हवाई सेवाबाट अझैपनि राजधानीसँग जोडिन नसकेकाले तत्काल सरकार समक्ष हवाइ सेवाका लागि पहल गर्नुपर्ने उनले बताए ।
प्रदेशका समस्याहरूको पहिचान गरी समाधानलाई साझा मुद्धा बनाएर अगाडी बढ्नुपर्ने प्रदेशसभा सदस्य एवम् जेष्ठ सदस्य हिमबहादुर शाहीले बताए । ‘आजका समस्या भोलीका दिनमा भोग्नु नपर्ने गरी समाधान खोज्ने जिम्मेवारी हाम्रो हो । उनले भने, साझा एजेण्डामा नेतृत्व एकमत भएर जानुपर्छ ।’
विकास र समृद्धिका नारा सबै दलका साझा नारा र एजेण्डा भएकाले कार्यान्वयनमा केन्द्रित हुनुपर्ने प्रदेश सभा सदस्य विन्दमान विष्टले बताए । उनले जुनसुकै दलबाट प्रतिनिधित्व गर्दै प्रदेश सभा सदस्यमा निर्वाचित भएपनि साझा एजेण्डामा एकमत भएर अगाडी बढ्ने पर्ने बताए ।
विकास र समृद्धिको अनुभुती गर्ने गरी आउँदो प्रदेश सरकारले आवश्यक नीति बनाएर अगाडी बढ्ने वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देबकुमार सुवेदीले बताए । केन्द्रीय तथ्यांक विभागले सबैभन्दा गरिव प्रदेशका रुपमा ६ नम्बर प्रदेश रहेको तथ्यांक सार्वजनिक गरेसँगै विकासित प्रदेशका रुपमा स्थापीत गर्ने प्रदेश सदस्यहरुले मुख्य भूमिका निर्वाह गर्न आग्रह गरे । वीरेन्द्रनगरलाई राजधानीको नगरका रुपमा विकास गर्न प्रदेश सभा सदस्यहरुको सहयोग आवश्यक रहेको बताए ।
नगर प्रमुख मोहनमाया ढकालले विकास र समृद्धिका लागि ५२ प्रतिशत गरिवी नै पहिलो समस्या भएको भन्दै सांसदहरुले आवश्यक नीति निर्माणमा नेतृत्वहरु एक भएर लाग्नु सुझाव दिइन् । उनले संघीय संरचना अनुसार आगामी पाँच वर्षका लागि प्रदेश सरकारको नेतृत्व गर्ने जिम्मेवारी पाएका प्रदेश सभा सदस्यहरुले यस प्रदेशका चुनौतीको समाधान तर्फ केन्द्रित हुन उपप्रमुख ढकालले आग्रह गरिन् ।
यसैबीच, मंगलबार वीरेन्द्रनगर नगरपालिकाले प्रदेश सभा सदस्हयरुलाई सम्मान एवम् बधाई कार्यक्रम गरेको छ । प्रदेश सभा सदस्यहरुलाई वीरेन्द्रनगर कार्यपालिका, वडापालिकाका अध्यक्षहरुले सम्मान गरेका हुन् ।