☰ open Loading... 23 November 2024|  

पि.एस मोटर्सले भित्रायाे फोर्स कम्पनिका नयाँ गाडी
  | १० माघ २०७४, बुधबार ०८:५७

सुर्खेत ।  फोर्स मोटर सुर्खेतको आधिकारीक बिक्रेता पि.एस मोटर्स कम्पनिले फोर्स का नयाँ मोडलका गाडी हरुको एक कार्यक्रम का बीच वीरेन्द्रनगरमा लन्च गरेको छ । नेपालमा नै पहिलो पटक लन्च गरिएको सुबिधाजनक रोयल एयर सस्पेन्सल ट्राभलर लक्जरी त्द्द फोर्स गाडि , फोर्स त्चबखििभभच ब्ऋ , नन ब्ऋ ,ट्रयाक्स डिलक्स र स्कुल बस समेत नयाँ मोडलमामा भित्रिएको र नेपालको पश्चिम भेगका लागि गाडि उक्तम रहेको सिद्धार्थ विश्वज्योती मल्टिप्रपोज कम्पनीका अध्यक्ष दिनेश आमात्यले बताए ।

उनले भने, ‘ पश्चिम नेपालका लागि फोर्सले आफ्नो आधिकारिक बिक्रेतामार्फत दाङ्ग, नेपालगञ्ज, सुर्खेत र धनगढीमा नयाँ मोडलका गाडिहरु बिक्रि गरिएको छ ।’ उनले फोर्स कम्पनिले ग्राहकमुखी र अन्य कम्पनीका गाडीको तुलनामा सस्तो अनि बलियो रहेको ले फोर्स कम्पनिले नेपाली बजार लिड गर्ने बताए । पछिल्लो समय मा फोर्स कम्पनीका गाडी हरुले राम्रै बजार लिरहेको ले फोर्स का गाडी हरु प्रति आकर्षित हुन समेत आग्रह गरे ।

यस्तै सुर्खेत स्थित पिएस कम्पनीका निर्देशक राजेन्द्र थापाले सुर्खेतको ग्रामिण सहित सवैक्षेत्रका लागि फोर्स कम्पनिका गाडिहरुले सफलता पाईरहेको वताए। उनले फोर्स कम्पनीका गाडी हरु राम्रो तथा बलियो रहेको ले बजार बिस्तार संगै त्यसका लागि स्पेयर्स पाट्र्स हरुको राम्रो प्रबन्ध भएको वताए ।

उनले हाल फोर्स का ट्राय्क्स क्रुजर ,कार्गो किङ्ग ट्राम ,४० बलबान टेक्टर्स हरुको सफलता संगै बजार मा यी नया मोडेल का गाडीहरु ल्याईएको वताए । थापाले विषेश गरि सुर्खेतमा रहेका ग्राहकको चाहना बमोजिम नै फोर्स कम्पनिलेले नयाँ मोडलका गाडिहरु पहिलो पटक सुर्खेतवाट लन्च गरिएको समेत वताए । उनले यात्रुहरुलाई समेत सहज र आरामदायी सेवा दिने भएकाले यसले राम्रो बजार पाउने बताए । उनले वीरेन्द्रनगरमा रहेको फोर्सको आधिकारिक बिक्रेता पि।एस। मोटर्सले गाडीको पाट्स तथा सर्भिसमा दक्ष जनशक्तिको समेत व्यवस्था गरिएको वताए ।

यता फोर्स कम्पनी इण्डियाका तर्फबाट सुनिल साँखले गाडीका फिचरहरुको वारे वताएका थिए । दुई मोडल अन्र्तगत ट्राभलर टिटु लक्जरीको इन्जिनमा १८ महिनाको वारेन्टी र ट्रयाक्स डिलक्स इन्जिनमा तिन वर्षको वारेन्टी रहेको साँखले बताए ।

कार्यक्रममा फोर्सका ट्रयाक्स क्रुजर जिप, ट्रयाक्स कार्गो किङ पिकअप, ट्रम्प ४०, बलवान ट्रयाक्टर लगायत फोर्स मोटर्सका उत्पादनहरु ट्राभलर मिनीबस, ट्रयाक्स गुर्खा जिप, फोर्स एम्बुलेन्स लगायतका गाडीहरुको बारेमा जानकारी पनि दिइएको थियो ।

फोर्स कम्पनिका नयाँ मोडेलका गाडिहरुको लन्च कार्यक्रममा उद्योग बाणिज्य संघ सुर्खेतका उपध्यक्ष धन बहादुर रावतद्धारा रिवन काटेर गाडी सार्वजनिक गरेका थिए । कार्यक्रममा गाडी खरिदकर्ता याम सिँह ठकुरी ९जाजरकोट० र बखत बहादुर खड्का ९दैलेख० लाई गाडिको साँचो हस्तान्त्रण गरिएको थियो ।