☰ open Loading... 5 June 2025|  

लामो समय पछि जुम्लामा हिमपात (फोटो फिचर)
  | १० माघ २०७४, बुधबार १३:४९

सागर परियार, जुम्ला ।  माघ दोस्रो साता लागि सक्दा पनि कर्णालीमा हिमपात नभएपछि हिउँदे बाली सुक्ने किसानहरुमा डर थियो । कडा परिश्रम गरी रोपेको बाली बाट उत्पादन नपाउने भन्दै किसानहरु चिन्तीत थिए । आकासे हिउँ पानीको भरम उत्पादन हुने हिउँदे बालीलाई पुस माघ हिउँ नपर्नु मरुभुमिमा तिर्खाएको मान्छेले पानी नपाई छटपटाएर मर्नु स्रह मानिन्छ छ ।

तर ढिलै भएपनि कहिले हिमपात होला र हिउँदे बालीनाली सप्रिएला भनि हिउँ कुरिरहेका कर्णालीका किसानलाई मंगलबार राती परेको हिमपातले राहात दिलाएको छ । यस वर्ष अहिले सम्म हिउँ नपरेपछि हिउँदे बाली सुक्ने भनि निरास भएका किसानहरु एक्कासी हिमपात भएपछि खुसी भएका छन् । लेकमा रोपेको गौ, जौ, फापर लगात अरु बाली सुक्न लागेको थियो ।

तातोपानी २ का स्थानिय कृर्षक रवि बुढाले भने, अब बाली लाई अलि भएपनि खुराक मिलेको छ, बाली सप्रिने भन्देै हिउँ परेकोमा खुसी व्यक्त गरे । पहिले पहिले पुसको पहिलो हप्ता हिमपात भईहाल्थ्यो आफ्नो अनुभव सुनाउदै बुढाले थपे तर पछिल्लो समयमा हिउँपानी पानी पर्ने कुनै ठेगान नहुँदा उत्पादनमा पनि निकै ह्रास आएको बताए । समयै हिउँपानी परे, हालेको मलले पनि का गरी उत्पादन बढ्थ्यो । तर मल हालको एक महिना पछि हिमपात हुँदा उत्पादन भएपनि सोचे जस्तै नहुने उनको भनाई छ ।

यता, जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृृत चन्द्र बहादुर बुढाका अनुसार अहिलेको अहिले परेको हिँउले बाली नाली सप्रिन मदत गरेपनि किसानहरुले यसको बहुउपयोग गर्न सके फाईदा हुने बताए । स्याउ बगैचामा सिचाईको राहात यता स्याउ बगैचा व्यवस्थापनका लागि पनि अहिले परेको हिमपातले राहात पुराउने स्याउ कृषक विष्ण अधिकारीले बताए । नयाँ स्याउका विरुवाहरुमा खाल्डो बनाइ हिँउका डल्लाहरु हाल्ने गरेमा पछि सम्म पनि काम गर्ने भएकाले निकै राहात हुने उनको भनाई छ । अझै २÷३ दिन परेको भए अझै रहेक कृषियोग्य क्षेत्रको लागि राहात हुने थियो ।

तर पनि अहिले परेको हिउँले सुक्न लागेको बालीलाई उठाउन सहयोग गर्ने र स्याउ बगैचाहरुमा थोरै भएपनि सिचाई गर्न सहज हुने बताए । जुम्लामा रहेका १८ हजार बढि घरधुरी मध्य झण्डै १६ हजार घरधुरी स्याउ खेतीको पहुँमा रहेको जिल्ला कृषि विकास कार्यालयल बताएको छ । हिमपात पछि कर्णालीमा तातो रिट्ने कर्णालीमा हिउँद याम शुरु भएपछि कहिले हिउँ पर्ला र तातो रिट्ला भन्ने कुरा सबैको मुख मुखमा हुन्छ ।  पुस माघको कठयांग्रिदो चिसोले कहिले हिउँ पर्ला भनि कर्णाली बासीलाई आतुर हुन्छ । यस वर्ष अहिले सम्म हिँउ नपरेपछि गत  वर्षको तुलनामा निकै चिसो बढेको थियो । तर मंगलबार राती परेको हिमपात संगै अब कर्णालीमा तातो रिट्ने विश्वास गरिएको छ ।

 

हिउँ परिसकेपछि तातो नरिटेपनि जनविश्वासका कारण सबैले हिउ परिसकेपछिको समयमा तातो महसुश गर्ने स्थानिय बुद्धिजीवि गौरीनन्द आर्चायले बताए ।  हिउँदको समय जति चाडो हिउँ पर्यो त्यतिनै सबै कुरा राम्रो हुदै जाने उनको अनुभव छ । बाली हिउदेबादी सप्रिने देखि तातो समयमै हुने र बालबालिका बृद्धबृद्धाहरु चिसोबाट धेरै प्रभावित हुन नपाउने बताए । अहिले कर्णालीा भएको हिमपताले निकै राहात दिलाएको छ । भने हावा पानी फिल्ड कार्यालयका अनुसार लेकमा एक फिट र सदरमुकाममा ६÷७ ईन्च हिँउ परेको छ ।