पार्वती बस्नेत
दाङ । आजभोलिका युवाहरु परिश्रम गर्न लाज मान्छन् तरपनि उनिहरुलाई सबै सुख सुविधा भने चाहिन्छ त्यो पनि सबै आमाबुवाले नै पुर्याउन भन्ने अपेक्षा हुन्छ” यो भनाई हो घोराही उपमहानगरपालिका १४ मा जुत्ता सिलाउने पेशा गर्दै आएकी सिता नेपालीको । बृद्धभत्ता त बुझछु तर ठयाक्कै यत्ति नै वर्ष पुगे भन्ने आफुलाई हेक्का नभएको बताउने सिताले विगत ४५ वर्षदेखी जुत्ता सिलाउने पेशा (सुचिकार) गर्दै अाएकी छन् ।
गोग्ली साईपुर माईत बताउने सिताको बिहे भएको कत्ति वर्ष भयो आफैलाई पत्तो छैन् बिहेपछि सिताको सन्तानका रुपमा एकमात्र छोरीको जन्म भयो । अहिले छोरीको पनि छोरीवाट भर्खरै नाति जन्मीएकोमा आफु निक्कै खुसी भएको बताइन । आमाको माया के हो? आफुले महशुुस गर्न नपाएको दुखेसो पोख्दै सिताले आफना नानी पनानीहरुको सुखद संसार देख्दा मन रमाउने बताइन ।
सिताको श्रीमानले पनि सुचिकार पेशा नै गर्दै आईरहेका छन् । घरका हरेक कामकाजमा श्रीमान्ले अत्यन्त सहयोग गर्ने बताउने सिताले दैनिक पाँचसय देखी हुने बेलामा पन्ध्रसय देखी दुईहजार सम्म पनि आम्दानी गर्न सकिने बताइन ।
घरको सम्पुर्ण खर्चपनि बुढाबुढी दुबैले मिलेर गर्ने बताउँछिन । त्यसो त सिताले शिर छोप्नका लागी भएपनि घोराही उपमहानगरपालिका १४ मा नै सानो घर छ ।
पहिला पहिला जुत्ता सिलाउने काम बाटोमै बसेर गर्दा अल्लि अप्ठयारो लागेपनि, आफनो काम सानो होस् या ठुलो,काम काम नै हो,फेरी आफु सँग रहेको यो सिपलाई किन निरन्तरता नदिने ? लगानी पनि धेरै नलाग्ने हुदा यहि पेशालाई निरन्तरता दिन्छु भन्दै आफैले आफैलाई समझाएका दिनहरु पनि थिए सिताले सम्झिन ।
‘पेशा प्रति गर्व छ अरुले जस्तै मैलेपनि १०बजेदेखी ५बजे सम्म काम नै गर्छु फरक त्यत्ति छ म आफै मालिक हु,आफै नोकर हु,भन्ने सितालाई लाग्छ रे क्या !’ उनले भनिन् ।
आजभोलिका मान्छेहरुमा फेसन गर्न जानेको तर मेहेनत गर्ने भन्दा उनिहरुलाई अह केहिपनि पत्तो नै नभएको सिताले बताइन ।ुपढे लेखेको र मेहेनत गर्न सक्ने हो भने सुन चाँदी र हिरामोती आफनै देशमा फलाउन सकिन्छ’ सिताले भनिन् ।