दाङ । माघ २४ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बुधबार प्रदेश नम्बर ५ को लागी दाङमा ११ जना उम्मेदवारी दर्ता भएको छ । प्रदेश नम्बर ५ को महिला समुह, दलित,अपाङता भएका ब्यक्ति वा अल्पसंख्यक र अन्य समुहवाट निर्वाचन हुनका लागी ४ राजनितिक दलका ११ जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको हाे ।
दाङ प्रदेश नम्बर ५ को महिला कोटामा ३ जना मात्र महिला रहेकोमा महिला उम्मेदवारी पनि ३ जनाको मात्र परेको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ । यसरी महिला उम्मेदवारी दर्ता गर्नेहरुमा नेपाली कांग्रेसवाट अनिता देबकोटा, नेकपा एमालेबाट कोमल वली, एमालेकै मिना बुढा छन् ।
यद्यपी यसवारेमा निर्वाचन आयोगले आधिकारीक रुपमा घोषणा गर्न वाकी नै छ । माघ १५ गते उम्मेद्धारहरुको अन्तीम नामावली प्रकासन पछी मात्रै यसवारेमा आधिकारकि जानकारी द्निे निर्वाचन अधिकृत हेन्मत रावलले जानकारी दिए ।
दलित समुहमा नेपाली कांग्रेसका मैकलाल बाल्मीकि र नेकपा एमालेका रामलखन हरिजनले उम्मेदवारी दर्ता गरेका छन् । अपाङ वा अल्पसंख्यकमा नेपाली कांग्रेसका लुटबहादुर खत्री र नेकपा माओवादी केन्द्रका रामकुमार कवरले उम्मेदवारी दिएका छन् ।
यसैगरी अन्य समुहवाट नेपाली कांग्रेसवाट दुर्गा प्रसाद उपाध्याय,नेकपा एमालेका खिमलाल भट्राई, नेकपा माओवादी केन्द्रका चन्द्रबहादुर खड्का र राष्ट्रिय जनमोर्चाका रश्मीराज नेपालीले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन कार्यालय दाङले जनाएको छ ।