सुर्खेत । सुर्खेतदेखी काठमाडौं जाने पाँच जना यात्रुहरु अव निःशुल्क जान पाउने भएका छन् । काँक्रेविहार यातायात व्यवसायी समितिले हरेक हप्ताको बिहिबार यात्रुहरुका लागि नयाँ सेवा शुरु गर्न लागेको हो ।
समितिले सुर्खेतदेखी दैनिक काठमाडौंका लागि छुट्ने पाँच वटै बसमा याे लागु हुनेछ । छुटाउँदै आएको छ । यी पाँचै वसहमा हरेक हप्ताको विहिबार प्रत्येक वसमा निःशुक्ल यात्राका लागि यात्रुहरुले गोलाप्रथा छन्नु पर्नेछ ।
गोलाप्रथाबाट छानिने एक जना यात्रुले काठमाडौंसम्म निशुक्ल टिकट र खानाको व्यवस्था गरिने समितिको कोषाध्यक्ष दिपेन्द्र खड्काले जानकारी दिए । उनका अनुसार यसका लागि यात्रुहरुले शुरुमा टिकट अनिवार्य काट्नु पर्नेछ ।
‘यात्राको क्रममा बसमा सवार सवै यात्रुले गोला छान्न पाउनेछन’ खड्काले भने,–‘गोलाप्रथाबाट जो यात्रु गोलाप्रथाबाट छानिनेछन् उनले टिकट काटेको पूरै रकम फिर्ता गरिनेछ ।’
टिकटको सिरियल नम्बरका आधारमा गोलाप्रथा छान्न लगाइने खढ्काको भनाई छ । समितिले केही दिन अघि मात्रै यात्रुहरुले पठाउन चाहेका अत्यावश्यक कागजपत्रको भाडा नलिने सेवा समेत सुरु गरिसकेको छ ।