☰ open Loading... 26 November 2024|  

टाढिए गाउँ
  | ११ माघ २०७४, बिहीबार ०८:०६

हुम्ला । हुम्लाका सबैजसो उच्च लेकाली बस्तीमा हिमपात भएको छ । हिमालपारिको लिमी आवतजावत गर्ने बाटो पूर्णरूपले बन्द भएको छ । जिल्लाका दक्षिणी भेगमा भने आशिंक वर्षा भएको छ ।

हिमपातकै कारण गाउँ र सदरमुकामको सम्पर्क पातलिएको छ । डोल्पाका धो, भिजेर, साल्दाङ, तिन्जे, छार्का, मुकोट, फोक्सुन्डो, काइगाउँ, लावन, शहरतारा, सर्मी, थाला, चोचा, तिप्ला, माझफाल, जुफाल र सुंलगायतका बस्तीमा करिब एक फिट हिउँ जमेको छ ।

हिमपात भएपछि चिसो बढेको स्थानीय रूपलाल बोहोराले बताए । बाली सप्रने आशाले कृषक भने खुसी छन् । हिमपात भएमा मौसमी आम्दानीको स्रोत यार्चागुम्बु सप्रिने उनले बताए ।

मुगुको बाम, रारा, शोभा, मुगु, डोल्फू, ताल्चा, खमालेलगायत क्षेत्रमा करिब ५ इन्चसम्म हिमपात भएको छ । हिउँ परेपछि जुम्ला सदरमुकाम खलंगा सेताम्मे बनेको छ । अरू बेला प्रायस् पुसको दोस्रो सातासम्म हिउँ पथ्र्यो । जलवायु परिवर्तनका कारण यो वर्ष माघ दोस्रो साता मात्रै हिउँ परेको छ ।