☰ open Loading... 25 November 2024|  

‘साझा व्यवसायी प्यानलको जीत कसैले रोक्न सक्दैन’
  | ११ माघ २०७४, बिहीबार ०८:५८

दैलेख । दैलेख उद्योग वाणिज्य संघ चुनावमा साझा व्यवसायी प्यानलको जीत कसैले रोक्न नसक्ने साझा व्यवसायी प्यानलबाट अध्यक्षका उम्मेदवार कुलबहादुर विकले दावी गरेका छन । साझा उद्यमी व्यवसायी प्यानलको आह्वान,निजी क्षेत्रको समग्र विकासको लागि गरौ सवैले मतदान भन्ने नारा सहित साझा उद्यमी व्यवसायी प्यानलले डुङ्गेश्वर गाउँपालिका आयोजना गरेको चुनावी सभामा सम्बोधन गर्दै उनले यस्तो दावी गरेका हुन ।

आफुहरु पराजित हुने त्रासले प्रगतिशिल प्यानलका अध्यक्षका उम्मेदवार आफ्नो बारेमा गलत भ्रम फैलाउदै हिडेको आरोप लगाए । यस्तै ‘साझा प्यानलले मात्र व्यवसायीको हितमा काम गर्न सक्छ, उनले थपे, ‘प्रगतिशिल प्यानलले व्यवसायी हितमा काम गर्न सक्दैन ।’ उनले भने, ‘अब हुने दैलेख उद्योग वाणिज्य संघको चुनावमा साझा व्यवसायी प्यानललाई मतदान गरी बिजय गराउन अपिल गरे ।

यस्तै कार्यक्रममा सदस्यका उम्मेद्धार तथा हालका उद्योग उपाध्यक्ष कविराज खत्रीले लघु उद्यमीहरुलाई कुनै व्यवसायीनै नमान्ने र सदस्यता र पान नं. ल्यउन समेत सहयोग नगर्नेले अहिले प्रगतिशिल साझा उद्यमी व्यवसायी प्यानल भन्न लाज मान्नु पर्ने आरोप लगाए ।

त्यस्तै काम गर्ने कालु मकै खाने भालु भन्ने लोकउक्ति जस्तै सवै मैले गरेको हुँ भन्दै हिडेको सुन्दा दुखी बनाएको अभिव्यक्ति दिए पूर्व अध्यक्षहरु याम बहादुर मल्ल ,गणेश श्रेष्ठ र लक्ष्मण श्रेष्ठ (राजु) ले आफु अध्यक्ष भएको बेला उद्योगवाणिज्य सघ दैलेखको जग्गा व्यवस्थ गर्न र भवन निर्माण गर्न खेलेको भूमिकाको पूर्ण अवमूल्यङ्कन मात्र गरेनन अपमान समेत गरेको समेत आरोप लगाए ।

यस्तै कार्यक्रममा डुङ्गेश्वर गाउपालिका वडा नं.१ का वडा अध्यक्ष लोकबहादुर डाँगीले अग्रिम बिजयको शुभकामना दिए । कार्यक्रममा हालका बरिष्ठ उपाध्यक्ष गणेश खड्का ,कोषाध्यक्ष कृष्ण कोईराला,सदस्यका उम्मेद्धारहरु राजेशकुमार हमाल, सन्देश श्रेष्ठ, राधा ज्ञावली लगाएत दैलेख बजारका उद्योगी व्यबसायीहरुको बाक्लो उपस्थिति थियो ।