| ११ माघ २०७४, बिहीबार १७:३८
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन लाख २२ हजार २ सय चालिस रुपैयाँ सतहत्तर पैंसा अनियमितता गरेको आरोपमा प्रधानाध्यापकमाथि छानविन सुरु गरेको छ।
विद्यालयको भवन र शौचालय निर्माणमा अनियमिता गरेको आरोपमा सुनसरी बर्जु गाउँपालिका ५ स्थित श्री महेन्द्र आधारभूत विद्यालयका तत्कालिन प्रधानाध्यापक विनोदकुमार गौतममाथि छानविन थालिएको हो। छानविन सुरु गरिएको आयोगले जनाएको छ।