सुर्खेत । काँक्रेविहार यातायात व्यवसायी समितिले शुरु गरेको गोलाप्रथा सेवामा चार जना यात्रु निःशुल्क काठमाडौं गएका छन् । समितिले बिहिबारदेखी शुरु गरेको गोलाप्रथाबाट छनौट भएर चार जना यात्रुहरु निःशुल्क काठमाडौं जान पाएका हुन् ।
समितिका चार बसमा गोलाप्रथाबाट छनौट भएका यात्रुहरुमा रजन खत्री, पुर्ण बुढा, शेरबहादुर कार्की, दानबहादुर माझी छानिएको कोषाध्यक्ष दीपेन्द्रकुमार खड्का जानकारी दिए ।
समितिले सुर्खेतदेखी काठमाडौंका लागि चार बस छुटाएको थियो । यी छुटेका पाँच बसहरुबाट निःशुल्क यात्राका लागि यात्रुहरुले गोलाप्रथा गरी छनौट गरिएको उनले बताए ।
उनका अनुसार यसका लागि यात्रुहरुले शुरुमा टिकट काटेका थिए । ‘यात्राको क्रममा बसमा सवार सवै यात्रुले गोला छानेका थिए खड्काले भने,–‘गोलाप्रथाबाट छानेका यात्रुहरुलाई टिकट काटेको पूरै रकम फिर्ता गरेका छौं ।’
गोलाप्रथा छनौट कार्यक्रममा समितिका अध्यक्ष लोकबहादुर थापा, रोड संयोजक जीवनकुमार शर्मा लगायतको उपस्थिती थियो । यो सेवा हप्ताको बिहीबार मात्रै लागु हुनेछ ।