सुर्खेत । माथिल्लो कर्णाली जलविद्युत आयोजनाको निर्माणको जिम्मा लिएको जिएमआर कम्पनी प्रभावित स्थानीय तहहरुको सम्पर्कमा आएको छैन ।
आयोजनाबाट प्रभावित स्थानीय तहहरुले लिखित रुपमा छलफलका लागि पत्रचार गरेतापनि कुनैपनि जवाफ दिएको छैन । चामुण्डाविन्द्रासैनी नगरपालिका दैलेखले द्धिपक्षिय छलफलका लागि यही माघ २ गते जिएमआए कम्पनीलाई ७ गते भित्र उपस्थिति हुन भन्दै पत्राचार गरेको थियो ।
पटक–पटक मौखिक रुपमा उपस्थितीका लागि आग्रह गर्दापनि जिएमआर कम्पनी सम्पर्कमा नआएको चामुण्डाविन्द्रासैनी नगरपालिकाका प्रमुख सुर्यबहादुर शाहीले जानकारी दिए । ‘चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं. ५, ६, ७, ८ र ९ अथात् साविकको लयाँटीविन्द्रासैनी गाविस माथिल्लो कर्णाली जलविद्युत आयोजनाबाट प्रभावित क्षेत्र हो’ उनले भने ।
साविकको लयाटीविन्द्रासैनी गाविसमा खानेपानीको समस्यालाई समधान गर्न नगरपालिकाले पत्रचार गरेको थियो । जलस्रोत ऐन र जि.एम.आरसंग नेपाल सरकारले गरेको सन्धी सम्झौतामा भएको व्यवस्था अनुसार आयोजना र नगरपालिका बीच छलफल गर्न भनिएपनि सम्पर्कमा नआएको शाहीले जानकारी दिए ।