जाजरकोट टेक्नीकलको प्रवेश पत्र, सामनाको भर्ना रसिद
जाजरकोट । प्राविधिक शिक्षाका नाममा जाजरकोटमा अवैद धन्दा सुरु भएको छ , प्राविधिक शिक्षा सञ्चालनका लागी अवैद धन्दा सुरु भएको हो दाङमा अनुमनी पाएको सस्थाले जाजरकोटमा कक्षा सञ्चालन गर्दे आएको छ । उद्यम विकास सहजकर्ता अध्ययन गराउने भन्दै सामाना मल्टी स्कील प्रालिले कक्षा सञ्चालन गर्दे आएको हो ।
राजनैतिक आड र प्रशासनको मिलेमतोमा जाजरकोटका स्थानीय ठगिदै आएका छन् । सामाना मल्टी स्कील प्रालिका सञ्चालक टीका वुढाथोकीले राजनैतिक आडमा विभिन्न स्थानमा शाखा सञ्चालन गर्दे कमाउ धन्दा गर्दे आएकी छन् । उनले दाङमा अनुमती लिए पनि सल्यान र जाजरकोटमा अवैद रुपमा शाखा सञ्चालन गर्दे आएकी छन् ।
दाङ कार्यलय रहेको प्रालीले जाजरकोटमा उद्यम विकास सहजकर्ता पढाउने निहुमा ठगि गर्दै आएको सथनीय को आरोप छ । सञ्चालक वुढाथोकी भने ओजेटीका लागी पठाएको वताउछिन् । ओजेटी गर्नका लागी घरेलु कार्यलय तथा लघु उद्यमको क्षेत्रमा कार्यरत सस्थामा पठाउने भएपनि उनेले कक्षामा पढाईरहेकी छन् । तर विद्यार्थी भने जाजरकोटमा नै पढाई हुने र परीक्षा पनि जाजरको मा नै हुने भनेर आफुहरु भर्ना भएको वताउछन् । पहिले जाजरकोटमा सवै हुने भनेर नाम लेखियो तर परीक्षा हुने नहुने निश्चित छैन नाम नवताउने सत्रमा एकजना अभिभावकले भने ।
गत भदैमा जाजरकोट मा नै परीक्षा हुने र पढाई हुने भन्दै जाजरकोट प्राबिधिक कलेज प्रालीमा भर्ना भएको र हाल आएर सामना मल्टी स्कील इस्टिच्युट प्रा.ली दाङबाट हुने भनेर अहिले दोधारमा पारेको अध्ययरत विद्यार्थीले वताए ।
२०७३ मा एस ई ई मा सहभागी भएका बाहिर जिल्लामा पढन जान लागेका विद्यार्थीहरुलाइ जाजरकोटमा भर्नागरी जाजरकोटमा नै परिक्षा गराउने सर्तमा अध्ययन गराउने बाहनामा अहिले घरन घाट बनाएको एक विद्यार्थीले वताए । समाचार प्रकाशन भएपछि सञ्चालकले विद्यार्थी लाई कहीले फकाउने त कहीले धम्काउदै आएको पीडित विद्यार्थीको भनाई छ । प्रशासनमा गए हामीले पनि प्रशासन संग कुरा मिलाएको तिमिहरु के सक्छौ भन्ने गरेको पिडित विद्यार्थीले वताए । प्रशासन कार्यलय र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद संगको मिलेमतोमा अवैद धन्दा भईरहेको पिडितको आरोप छ । प्रशासन पनि पैसा र पंहुच मा हुने उनीहरुको आरोप छ । अवैध हुदा ुहदै पनि प्रशासनले छानविन सुरु नर्गनु प्रशासनको मिलेमतो भएको वुझिएको छ ।
नेकपा माओवादि केन्द्रकी केन्द्रिय सदस्य रहेकी बुढाथोकिले प्राबिधिक शिक्षालय नाममा सल्यान ,जाजरकोटमा अवैधरुपमा शिक्षलयको शाखा खोलि कक्षा सञ्चालन गनेको बिद्याथिहरुले गुनासो गरेका छन । कुनै पनी इन्स्टीच्युटले अध्यापन गराउनको लागि प्राविधिक तथा व्यवसायिक तालिम परिषद वाट कुन ठाउमा चलाउनको लागी समवन्धन प्राप्त गरेको हुन्छ त्यहा मात्र कक्षा सञ्चालन गर्न पाइने व्यवसायिक तालिम परिषद क्षेत्रिय कार्यालय कोहलपुरले जनाएको छ ।
तर सामाना मल्टी स्कील प्रालिले दाङमा समवन्धन लिएर जाजरकोटमा शाखा भनी ठगी गरिरहेको नाम नखुलाउने सर्तमा बिद्यार्थिका अभिवाबकले बताए । जाजरकोटमा भित्र कक्षा सञ्चालन गरीरहेका छन बाहिर कार्यलय रहेको ठाउ मा नत कुनै वोर्ड छ नत सम्पर्क न्म्वर यसले पनि थाहा हुन्छ की सो ठगी गर्नका लागी नै हो ।अध्यापन गराउनको लागि ब्यबसाय सचेतना तथा सुरु तालिम प्रशीक्षण गर्नको लागि क्ष्ीइ माषटर प्रशिक्षक्को खाचो पर्छ यहा लेवल २ र ३ ले प्रहिक्षण गरेको देख्न सकिन्छ ।
प्राबिधिक शिक्षा तथा ब्यबसायिक तालिम परिषदको नियमावली २०५१ बमोजिम कारबाहि हुने सूचनामा उल्लेख गरिएको छ । हाल सम्म प्रालिले आफ्नो कार्यलय रहेको सुचना पाटी समेत राखेको छैन । यता प्राबिधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद.(सिटीईभिटी ) क्षेत्रिय कार्यालय कोहलपुरका प्रमुख यादव सुवेदीले देश भरि यस्ता गतिबिधी बढदै गएको वताएता पनि उक्त बिषयलाइ कुनै चासो नदेखाएको बिद्यार्थिहरुले गुनासो गरेका छन । यस क्षेत्रका सवै जिल्लाको अनुगमन भइरहेकाले अनुगमन पश्चात दोशी भेटीए अनुमती नभएका र शाखाका रुपमा सञ्चालन गरिएका इन्स्टीच्युटलाई कार्वही गरिने वताए ।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले यस्ता गतिविधि भएको जानकारी नभएको वताए । कसैले उजुरी दिए छानविन गरि तत्काल कार्वही गर्ने वताएता पनि हाल जाजरकोट प्रशासनले कुनै कदम नचालेको स्थानिय हरुले बताए । जनताका छोरा छोरी लाई प्राविधिक शिक्षाको नाममा ठगी गर्ने जो सुकैलाई पनि नछोड्ने शाहीको प्रतिबधता प्रतिबधता मा नै सिमित रहेको छ ।