☰ open Loading... 24 November 2024|  

प्रदेश नं. ६ मै पहिलो पटक पीएचडी अध्यापन सुरू
  | १२ माघ २०७४, शुक्रबार १३:५५

सुर्खेत । प्रदेश नं. ६ मा पहिलो पटक मध्यपश्चिमाञ्चल विश्वविद्यालयले विद्यावारिधि (पीएचडी) कार्यक्रममा सुरु गरेको छ । शुक्रबार वीरेन्द्रनगरमा एक समारोहबा बीच विश्वविद्यालयले व्यवस्थापन संकायमा पीएचडी कार्यक्रम शुभारम्भ गरेका हो ।

कार्यक्रमको उद्घाटन गर्दैै प्रदेश नं. ६ का प्रदेश प्रमुख दुर्गा केशर खनालले विगतका शासकका कारणले गर्दा प्रदेश नम्बर ६ शैक्षिक क्षेत्रमा पछाडी परेको बताए । शासकहरुले सन्तुलित विकास नगर्दा हामी पछाडी परेको उनले बताए । विकासको रथ अगाडी बनाउनका लागि विकास मुख्य रथ बलियो हुनपर्ने बताए । मुख्य रथ नै बलियो भएन भने विकास नहुने दावी गरे । यस्तै समग्र प्रदेश नम्बर ६ को विकासका लागि शिक्षाको पनि महत्वपुर्ण भुमिका रहने उनको भनाई छ । २५ बर्ष पुराना विश्वविद्यालयहरुले संचालन गर्न नसकेको कार्यक्रम मध्यपश्चिमाञ्चल विश्वविद्यालयले संचालन गर्न लागेकोमा प्रदेश प्रमुख खनालले खुसि व्यक्त गरे ।

कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. उपेन्द्रकुमार कोइरालले प्रदेश नं. ६ गरिब नभएको र यहाँ बस्ने मान्छेहरु विचार गरिब भएको बताए । ‘प्रदेश नम्बर ६ स्रोत साधनले भरिपुर्ण प्रदेश भएका हो ।’ ‘प्राप्त स्रोत साधनलाई प्रयोग गर्न सकियो भने प्रदेश नं. ६ सबैभन्दा अघि धनि प्रदेश बन्ने उनको भनाई छ ।  उनले जबसम्म प्रविधि उन्मुख शिक्षालाई अगाडी बढाउन सक्दैनौँ, तबसम्म आर्थिक समृद्धि मुलुक बनाउन नसकिने बताए । अब मध्यपश्चिमाञ्चल विश्वविद्याललाई भेरी पारीको विश्वविद्यालयको रुपमा होइन, प्रशान्त सागरसंगै विश्वविद्यालय बनाउने अभियानमा आफुहरु लागि परेको बताए ।

कार्यक्रममा सुर्खेत निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य नवराज रावतले आफुसंग स्रोत साधनलाई परिचालन गरेमात्र प्रदेश विकास गर्न सकिने बताए । ‘स्रोत सधानको परिचालन ग¥यो भने बजेटको कुनैपनि अभाव नुहने बताए ।

समुद्घाटन कार्यक्रममा विज्ञका रुपमा त्रिभुवन विश्वविद्यालका पुर्व शिक्षाध्यक्ष तथा व्यवस्थापन संकायका पुर्वडीन प्रा.डा. प्रेमराज पन्त, काठमाडौँ विश्वविद्यालयस्कुल अफ म्यानेजमेन्टका डीन प्रा.डा. विजय के.सी., राष्ट्रिय योजना आयोगका सदस्य प्रा. पुस्कर बज्राचार्य, त्रिभुवन विश्वविद्यालय एमफिल पीएचडी कार्यक्रमका निर्देशक प्रा.डा. माधबराज कोइराला, मप विश्वविद्यालयका रजिष्ट्रार डा. महेन्द्रकुमार मल्ल लगायतको उपस्थित रहने थियो ।

यसैबीच विश्विद्यालयले प्रदेश प्रमुख, प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद, प्रदेश सभा सदस्यमा निर्वाचित सांसदहरुलाई सम्मान समेत गरेको थियो ।