दैलेख । साझा व्यवसायी प्यानलले थप चार जना सदस्यका उम्मेदवारहरुको नाम सार्वजनिक गरेको छ । प्यानलको बैठकले थप चार जनालाई सदस्यको उम्मेदवारमा उठाउने निर्णय गरेको हो ।
सदस्यहरुमा भक्त बहादुर रावत, कृष्ण कोईराला, यज्ञ प्रसाद रेग्मी र पदम बुढा छन् । यी मध्य रावत वर्तमान सचिव र कोइराला कोषाध्यक्ष हुन भने रेग्मी र बुढा वर्तमान सदस्य हुन् ।
साझाले यस अघि नै अध्यक्ष पदमा कुलबहादुर विक, बरिष्ठ उपाध्याक्ष गणेश खड्का, उद्योग उपाध्याक्ष झवीराज (कवी) खत्री, सन्देश कुमार श्रेष्ठ (सैलेस), (बर्तमान उद्योग बाणिज्य संघको बस्तुगत समितिको संयोजक) राजेश कुमार हमाल, वर्तमान सल्लाहकार सदस्य राधा ज्ञवाली र योगेन्द्र प्रसाद सिग्देललाई उम्मेदवार बनाएको छ ।
साझा प्यानललाई ४ जना पुर्व अध्यक्षहरुको समेत सहयोग रहने भएकोले प्रगतिशिल प्यानलभन्दा बलियो प्यानलको रुपमा साझा व्यबसायी प्यानलले लिएको दावी गरेको छ । साझा प्यानललाई सहयोग गर्नेम पुर्व अध्यक्षहरुमा लक्ष्मण श्रेष्ठ (राजु), प्रेम बहादुर बिष्ट, गणेश कुमार श्रेष्ठ र याम बहादुर मल्लसहितको टिमले सहयोग गरेको साझा प्यानलले जनाएको छ ।