दाङ । १६ करोडको लगानीमा रहेको होटल माला ईन प्राली दाङको घोराहीमा संञ्चालनमा आएको छ । पर्यटन ब्यवसायलाई मध्यनजर गर्दै संञ्चालनमा ल्याईएको होटल माला ईन प्रालीका संञ्चालक ओविन्द्र महराले जानकारी दिएका छन् ।
पाच कठठा क्षेत्रफलमा फैलिएको होटल माला इन दाङको पर्यटन प्रर्बद्धनको बिकाशका लागी आफुले सेवाग्राहीलार्इ अत्यन्त सेवा सुबिधा र सुरक्षा सहितको होटल संचालनमा ल्याएको महराले बताए ।
महराले दाङमा सेवा र सुबिधा सहितको होटल नहुदा दाङलाइ नै अन्य जिल्लाहरुले हेपीरहेको कुरालाइ मध्यनजर गर्दै आफुले दाङमा आउने हरेक पर्यटक र आगन्तुकहरुलाइ राम्रो स्वागत गर्ने उदेश्यले होटल संचालनमा ल्याएको जानकारी दिए ।
हाेटलमा एटेचड बाथरुम सहितका ५१ वटा एसि रुमहरु , २२० जना हल , ३ वटा मीटीङ र सेमिनार हल, रेस्टुरेन्ट, बार र पर्याप्त पार्किङ एरिया समेत रहेकाे संचालक समीतिले जनायाे ।
होटलबाटै एयरपोर्टसम्म लैजान र ल्याउन सकिने व्यवस्था पनि रहेको महराले बताए । होटल माला ईन प्रालीको रुमहरुको शुल्क २ हजार देखि ७ हजार ५ सयसम्म छ । हाल उक्त होटलमा ३८ जनाले रोजगारी पाएका छन ।