☰ open Loading... 25 November 2024|  

एघार वर्षिय बालककाे पीडा ‘पाँचै अाैंला सुक्दै झर्न थाले, ६ लाख नि सकियाे तर सन्चाे भएन’
  | १३ माघ २०७४, शनिबार १८:२९

सुर्खेत । नसा सम्बन्धी रोगले हातका पाँचै औंलाहरु क्रमश सुक्दै गएपछि एक बालक थलिएका छन् । कालिकोट सान्नीत्रिवेणी गाउँपालिका–९ का ११ वर्षिय रविन्स बुढा उपचार गर्ने रकम नहुँदा थलिएका हुन् ।


पाँच महिना अघिदेखि बुढाका बायाँ हातका औंलाहरु सुक्दै गएका छन् । नसा साँघुरो हुँदा रगत सञ्चारमा समस्या (भाष्काेलाइटिस) भएपछि हातका औंला सुक्दै गएको उनका बुवा अशोक बुढाले जानकारी दिए । छोराको उपचारका लागि कोहलपुर, काठमाडौं र भारतको रुपैडियासम्म पु¥याए पनि सन्चो नभएको उनले बताए ।

नेपालमा तत्काल छोराका उपचार सम्भव नभएपछि बुढा भारत जान लागेका थिए । तर सुर्खेत बसपार्कमा भौतारिरहेको अवस्थामा समाजसेवी मिलन कार्कीले भेटाएपछि बालकलाई क्षेत्रीय अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाएकी छन् । क्षेत्रीय अस्पताल सुर्खेतको परार्मश अनुसार रविन्सको उपचार गर्नमा आफू लागेको कार्कीले जानकारी दिइन् ।

‘उहाँहरुसंग प्रयाप्त रकम छैन, सहयोगी हातहरु खोजी रहेका छौं’ कार्कीले भनिन्,–‘कम्तीमा राहत रकम जुट्यो भन्यो, यही अप्रेशन गर्ने र यहाँ नभए बाहिर पठाउने तयारीमा लागेको छु ।’

छोराको उपचारमा ६ लाख रुपैयाँ सकिएपछि भारतको मुम्बईमा लगेर आफै काम गरेर उपचार गर्ने सोच बनाएको बताउँदै बुढाले समाजसेवी कार्की बहिनीको आग्रह अनुसार यही उपचार गर्न लागेको जानकारी दिए ।

तर बुढाले आफूसंग रकम नभएकाले सहयोगको याचना गरे । रविन्सको शरिरमा योभन्दा पहिला कुनै समस्या नभएरको पाँचवर्ष अघिदेखी मात्रै हातका औंला सुक्दै गएको उल्लेख गरे ।

‘बायाँ हातका औँला काट्नु पर्ने अवस्था आयो तर आफूसंग रकम नभएकै कारण भौतारिएको उनको दुखेसो छ । पाँच कक्षामा पढ्ने रविन्सको जीवन रक्षाको लागि सक्दो सहयोग गरिदिन बुढाले अपिल गरेका छन् ।