सुर्खेत । एमाले निकट विद्यार्थी संगठन अनेरास्वयु सुर्खेतको नयाँ नेतृत्व चयन भएकाे छ । अनेरास्ववियूकाे २० अाैं जिल्ला सम्मेलनबाट अध्यक्षमा धुपेन्द्र शाहि निर्वाचित भएका छन । अध्यक्षका प्रतिस्पर्धी धुब्र खत्रीलाई ३६ मतले पराजित गर्दै शाही अध्यक्षमा निर्वाचित भएका हुन ।
कुल खसेको ११९ मत मध्य १ मत बदर भएको थियो । सदर मत ११८ भएकोमा शाहीले ७७ मत प्रप्त गरे भने खत्रीले ४१ मत प्राप्त गरे ।
उपाध्यक्षमा सिता यरी अत्याधिक मतले ल्याएर निर्वाचित भएकी छिन ।
उनका प्रर्तिस्पर्धी खड्क थापालाई ९८ मत अन्तरले पराजित गर्दै यरी उपाध्यक्षमा चयन भएकी हुन । यरीले १०५ मत प्राप्त गर्दा थापाले ७ मत मात्र ल्याए ।
सचिवमा भने बिष्णु महताराको एकल उम्मेद्वारी परेपछि उनि निर्विरोध निर्वाचित भए ।
सहसचिवमा रमेश शर्मा, आशिष आचार्य र महिला सहसचिवमा विवेचना खनाल चयन भएकी छन ।
१७ सदस्यीय कार्य समितिकाे सदस्यहरुमा लोक बहादुर खत्री ,सुमन खत्री धनश्याम बस्नेत ,दिपक खड्का ,तुलसा विक ,केशव खत्री ,प्रेम विसी ,प्रतिभा खड्का ,संञ्जय योगी , नविन रावल तपेन्द्र विसी चयन भएका छन ।
महिला सदस्यहरुमा होमा राना क्षेत्री , अञ्जु रावल ,र रजनी थापा चयन भएका छन ।
जनजाति सदस्यमा मन बहादुर बलामी, सुनिता बुढा , दलित सदस्यमा जुनु विक चयन भएकी छिन १ अपांगको सदस्यमा भने कसैको पनि उम्मेद्धारी परेन् ।
नवनिर्वाचित कार्यसमितिलाई सोमवार अनेरास्वयुका केन्द्रिय उपाध्यक्ष सुनिता बरालले एक कार्यक्रमका बिच बधाई तथा शुभकामना सपक्ष ग्रहण गराएकी छिन ।