☰ open Loading... 26 November 2024|  

मृर्गाैला पीडितलार्इ काेरियाबाट एकलाख सहयाेग
  | १५ माघ २०७४, सोमबार १८:३३

सुर्खेत । दुवै मृर्गौलामा समस्या भएपछि उपचारको क्रममा रहेका दैलेखका एक युवालार्इ काेरिया बस्ने नेपालीहरूले अार्थिक सहयाेग गरेका छन् । रकम अभावका कारण प्रभावकारी उपचार हुन नसकेका दैलेखको भगवतीमाई गाउँपालिका–१ पगनाथका हस्तराज अधिकारीलाई कोरियामा रहेका नेपालीहरुले संकलन गरेको रकम सोमबार हस्तान्तरण गरिएको हो ।

सुर्खेत–कोरिया सम्पर्क समितिका अध्यक्ष कुमार भट्टराई र टेकेन्द्र हमालको नेतृत्वमा संकलन भएको एक लाख रुपैयाँको चेक काँक्रेविहार दैनिकका सम्पादक शुसिलराज शर्माले हस्तान्तरण गरेका छन् ।

पीडितका लागि सहयोगले प्रभावकारी भुमिका निर्वाह गरेको शर्माले बताए । उनले विदेशी भुमिमा भएर पनि सेवाको भाव राख्ने सहयोगी हातहरुको उच्च कदर गर्दै अधिकारीको स्वास्थ्य लाभको कामना गरे । भविष्यमा पनि सहयोगी हातहरुले सकारात्मक भुर्मिका निर्वाह गर्ने आसा राखेका शर्माले बताए ।

सुर्खेत, खोटाङ्ग, नुवाकोट, गुल्मी, पर्वतलगायतका जिल्लाका रोजगारीको शिलशिलामा कोरिया रहेका १३ जनाबाट उक्त रकम संकलन भएको कोरिया सम्पर्क समितिका सदस्य टेकेन्द्र हमालले जानकारी दिए । विगत तीन वर्षदेखि मृगौलामा समस्या देखिएका अधिकारी काठमाडौंस्थित वीर अस्पतालमा उपचारत थिए ।

तर काठमाडौंमा उपचारका लागि रकम अभाव भएपछि वीर अस्पतालको सिफारिसमा उनले हाल मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँमा डायलोसिश गराइरहेका छन् । दुवै मृगौला बदल्नुपर्ने भएकाले उपचारका लागि २५ लाख रुपैयाँ आवश्यक रहेको उनले बताए । ‘आमा अथवा बुबाको मिर्गाैला म्याचिङ हुन्छ, हुँदैन थाहा छैन’, उपचार गराइरहेका अधिकारी भने, ‘ मृगौला दिने व्यक्ति भएपनि पैसा छैन् ।’

उपचारका लागि रकम जुट्दै गएको जानकारी दिदैँ पीडित अधिकारीले सहयोग गरेकोमा आभार व्यक्त गरे । उनले उपचारमा अर्थिक समस्या भएर जीवन सङघर्षको अवस्थामा रहेको हुँदा जीवन रक्षाको लागि सहयोग गरिदिनसमेत अपिल गरे ।

सहयोग गर्न चाहनेहरुले उनका अंकल भवानीप्रसाद अधिकारीको सम्पर्क नम्बर ९८४८१६६७७७ मा सम्पर्क गर्न सकिने छ । साथै, अंकल भवानी अधिकारीको नाममा बाणिज्य बैक शाखा दैलेख २०२४९ खाता नम्बरमा सहयोग रकम जम्मा गर्न सकिने छ ।