☰ open Loading... 25 November 2024|  

पानीकाे बहाव घट्दा १४ घण्टा लाेडसेडिङ
  | १५ माघ २०७४, सोमबार १८:४१

सागर परियार
जुम्ला  । कर्णाली अञ्चलको सदरमुकाम खलंगा स्थित चन्दननाथ नगरपालिकामा दैनिक १४ घण्टा लोडसेडिङ हुने गरेको छ । सदरमुकाम स्थित उत्तर दक्षिण बग्ने जुगाड खोलामा पानीको बहाब घटेसंगै र विद्युत उत्पादन मेसिन जिण भएपछि दैनिक विद्युत आपुर्ति घटेको हाे ।

साविकको चन्दननाथ गाविस केन्द्रीत पाँच सय घरधुरीका लागि २०४० सालमा घुघुती जलविद्युत आयोजना स्थापना गरी संचालनमा ल्याएको थियो । तर दैनिक हिजो आज घट्दै गएको विद्युत आपुर्तिले गर्दा जुम्लाका व्यापारी, विद्यार्थी लगायत उद्योगीहरु मारमा परेका छन् ।

जलविद्युत उपभोक्ता समितिका इन्र्चाज हर्कबहादुर बोहोराका अनुसार झण्डै पाँच दशक पहिले पाँच सय घरधुरीका लागि दुई सय किलोवाट क्षमताको आयोजना हो । उनले भने खोलामा पानीको बहाब घट्दै गएको र मेसिन पुराना भएर अहिले १ सय ३५ किलोबाट मात्र विद्युत उत्पादन हुन्छ ।

पहिलो पाँच सय घरधुरीका लागि उत्पादन गरिएको विद्युत अहिले २ हजार ७ सय घरधुरीमा लाईन जडान गरिएको छ । अझै लाईन लिनेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । खोलामा पानीको वहाफ घटेपछि पालैपालो गरी विद्युत सप्लाई गर्ने व्यवस्था मिलाइएको समितिका अध्यक्ष विष्णु बुढ्थापाले जानकारी दिए ।
मेसिन मर्मतमा बर्षेनी लाखौँ खर्च
नयाँ विद्युत उत्पादन भन्दा पनि पुरानै सेसिनलाई टालटुल पारेर लाखौँ रकम खर्च गरिन्छ तर भने जस्तो विजुली बाल्न पाईदैन । दैनिक १४ घण्टा लोडसेडिङ हुन्छ । पुरान मेसिनको वर्षेनि मर्मतको बाहानामा लाखौ खर्च हुने । सुधार भने रति नहुनाले समस्या भईरहेको उपभोक्ताहरुको भनाई छ ।

विजुली नबालेरै महशुल तिछौँ 
विजुली नबालेरै महशुल तिर्ने गरेको चन्दननाथ नगरपालिका ७ का कालीबहादुर नेपाली बताए । उनले भने हाम्रो पैसा विकारमा खेर गएको छ घरमा विद्युतको लाईन जडान गरिएको छ भन्नु मात्र छ । भनेको बेलामा विजुली हुदैन बैकल्पिक उर्जा सोलार अर्थात दियालोको जोहो गर्नु परेको उनले दुखेसो गरे ।

लोडसेडिङको मारमा विद्यार्थी
एसइइ परीक्षा र अन्य अतिरिक्त शिक्षा तयारीका लागि सदरमुकाम खलंगाबजारमा हजारौँ विद्यार्थी केन्द्रीत भएका छन् । दैनिक १४ घण्टाको लोडसेडिङले अध्ययन गर्ने हजारौँ विद्यार्थी मारमा परेको तातोपानी गाउँपालिका २ का दशरथ चनाराले बताए ।

उनले भने एसइइ परीक्षा तयारीका लागि बजारमा आएको तर यहाँ विजुली नआउने र आएपनि कमै समय आउने गर्दा अध्ययनमा समस्या भएको छ । केही सुविधाका लागि बजारमा आयो तर बजारमा न भने जस्ता विजुली आउन्छ न त पानी नै ।

बढ्दो लोडसेडिङले सेवा प्रवाहमा समस्या हुने गरेको चन्दनाथ नगरपालिका नायब सुब्बा लक्ष्मीचन्द्र न्यौपाने बताए । उनले भने विद्युतको भरै छैन कार्यालयको कार्य सम्पादनमा सहज होस भनेर बैकल्पिक उर्जा सोलारको व्यवस्था गरेका छौँ ।