☰ open Loading... 19 April 2024|  

चलचित्र ‘मंगलम’को टिम सुर्खेत अाउँदै
  | १५ माघ २०७४, सोमबार १८:५८

सुर्खेत । चलचित्र मंगलमको प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्म निर्माण टिम सुर्खेत अाउन लागेकाे छ । फिल्मकाे प्रचारप्रसारकाे लागि लक्षमी चलचित्र हल सुर्खेत अाउन लागेका हुन् ।

नायिका शिल्पा पोख्रेल प्रस्तुतकर्ता रहेको मंगलमका कार्यकारी निर्माता छविराज ओझा हुन् । चलचित्रलाई नवल नेपालले निर्देशन गरेका छन् । चलचित्रमा शिल्पा र पुष्पका अलावा पृथ्वीराज प्रसाई, नीर शाह, मिथिला शर्मा लगायतका कलाकारहरुको मुख्य भूमिका छ । मंगलम् फागुन २५ मा देशैभर प्रदर्शनमा आउँदैछ। त्यसैको प्रचार प्रसारका लागि फिल्म टोली देश दौडाहमा लागेको छ।