☰ open Loading... 19 April 2024|  

सुर्खेतमा ९८ हजार घुस रकमसहित वनरक्षक पक्राउ
  | १५ माघ २०७४, सोमबार १९:५३

सुर्खेत । यहाँको गुर्भाकोट नगरपालिका मेहलकुनाबाट सेवाग्राहीलाई मुद्दा मिलाइ दिने भन्दै घुस रकम लिँदै गरेको अवस्थामा वन रक्षक रंगेहात पक्राउ परेका छन् । इलाका वन कार्यालय घारी मेहलकुनामा कार्यरत वन रक्षक हरिलाल राना क्षेत्रीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले सोमबार पक्राउ गरेको हो ।

गुर्भाकोट नगरपालिकाकाे मेहलनकुनास्थित वि.सी. होटलमा ९८ हजार नगद रकम सेवाग्राहीबाट लिँदै गरेको अवस्थामा रानाक्षेत्रीलार्इ पक्राउ गरिएको आयोगको सुर्खेत कार्यालयले जानकारी दिएको छ ।

गुर्भाकोट–६ नक्कले भन्ने स्थानबाट नियन्त्रणमा लिएको करिव ६९ क्युफिट साल र ३ क्युफिट टुनीको अवैध काठको मुद्दा मिलाइदिने र माग गरिएको रकम नदिए गाउँबासी सवैलाई मुद्दा दर्ता गर्ने धम्की दिएको उजूरीको आधारमा आयोगले पक्राउ गरेको विज्ञप्तीमार्फत जनाएको छ ।

पक्राउ परेका रानाक्षेत्रीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरेको अख्तियारको भनाई छ ।