| १५ माघ २०७४, सोमबार २०:५२
सुर्खेत । सुर्खेतमा बसले किच्दा एक युवकको घटनास्थलमै मृत्यु भएको छ । सदरमुकाम वीरेन्द्रनगरदेखि पश्चिम सुर्खेतको बाबियाचौर जाँदै गरेको ना ५ ख ५०२१ नम्वरको यात्रुबाहक बसले किच्दा बराहताल–१०, फिनीकाँडाका गणेश अधिकारीकाे घटनास्थलमै मृत्यु भएकाे हाे ।

कर्णाली राजमार्ग अन्तरगत बांगेशीमल-बड्डीचाैर सडक खण्डकाे साेतखाेला नजिकैकाे उकालोमा बसमा सवार अधिकारी झर्दै गर्दा साेही बसले किचेकाे इलाका प्रहरी कार्यालय बड्डीचाैरका प्रहरी सहाक निरीक्षक उपेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार चालक र बसलाई नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरिएको छ ।